×

वीरगंज, जेष्ठ २ - बार जिल्लाको बारागढि गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा संचालित लक्षित वर्गको कार्यक्रममा अनियमितता गरेको पाईएको छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नो नजिक रहेका सामाजिक संस्थाहरुलाई कार्यक्रम संचालन गर्न बजेट विनियोजन गरेको छ ।

बारागढी गाउँपालिकाको प्रशासकीय अधिकृतल रबिन कुमार राजवंसी, समाजिक विकास शाखाको रुदल यादव लगायत बारागढी गाउँपालिकाका अन्य केही जनप्रतिनिधिहरुले आफ्नो मिलोमतोमा विभिन्न संघ सस्था सँग २५ देखि ३० प्रतिशत सम्म कमिशन लिएर लक्षित वर्गको कार्यक्रम वितरण गरिएको स्थानीय पारस जैसवालले आरोप लगाए छन् ।

बिना मापदण्ड र बिना गैरसरकारी संस्था महासंघको प्रतिनिधिको रोहबरमा बारागढी गाउँपालिकाले कार्यक्रम वितरण गरेकोले अन्य संघ सस्थाहरु रुष्ट रहेको र यसको पारदर्शीको माग गरेका छन् । यस सम्बन्धमा बारागढी गाउँपालिकाका प्रशासकीय अधिकृत रबिन कुमार राजवंशी सँग बुझ्दा संघ सस्थालाई वितरण गरिएको कार्यक्रम पारदर्शी भएको दाबी गरेका छन ।

Back to top