×

बीरगंज १ जेष्ठ नेपालको आर्थिक राजधानी एवं ऐतिहासिक शहर बीरगंजमा जेष्ठ ६ गते जगत गुरु शंकराचार्य पुज्यपाद स्वामी श्री निश्चलानन्द सरस्वती महाराज आउने भएका छन् । रानीसती धर्मशालामा पत्रकार सम्मेलनको आयोजना गरि स्वागत मुल समितिका अध्यक्ष एवं समाजसेवी अशोक बैद्यले जानकारी दिदै भने जगतगुरु शंकराचार्य जेष्ठ ६ गते बीरगंजमा आगमन हुने र साँझ ४ बजे घण्टाघरमा भब्य स्वागत गरिने, बीरगंजको एतिहासिक एवं प्रसिद्ध गहवा माई मन्दिर, अलखिया मठ, महाबीर मन्दिरमा विशेष पुजापाठ गर्नुका साथै सोभा यात्रा सहित नगर परिक्रमा गरि गोपाल मण्डली धर्मशालामा समापन गरिने ।

बैद्यका अनुसार जेष्ठ ७ गते विहान ९ः३० बजे शंकराचार्य सँग दर्शन भेट, १०ः३० बजे दिक्षा एवं १२ः०० बजे पादुका पुजन गर्ने र साँझ ४ बजे आर्दश नगर रंगशालामा हिन्दू धर्म जागरण सभा एवं नागरिक अभिनन्दन गर्ने साथै बेलुकी ७ बजे जगत गुरु शंकराचार्यको पत्रकार सम्मेलन गोपाल मण्डलीमा गर्ने र जेष्ठ ८ गते विहान ८ बजे विशेष विदाई समारोह गर्ने जानकारी दिनुभयो ।

जेष्ठ ७ गतेको विशेष कार्यक्रममा प्रदेश नं. २ प्रमुख महामहिम रत्नेश्वरलाल कायस्थको विशेष उपस्थिति रहने छ । कार्यक्रम सफल एवं भब्य, सभ्य बनाउनका लागि समाजसेवी अशोक बैद्यको अध्यक्षतामा १५१ सदस्यीय स्वागत मुल समिति समेत गठन गरेको छ ।

पत्रकार सम्मेलनमा स्वागत मुल समितिका उपाध्यक्ष माधव राजपाल, सचिव द्धय डा अनिल झा, मदन गुप्ता, हिन्दु परिषद् नेपालका केन्द्रिय अध्यक्ष एवं स्वागत मुल समितिका मिडिया प्रमुख संतोष पटेल, पादुका पुजन समितिका संयोजक पंडित पुरुषोत्तम दुुबे, हिन्दु परिषद नेपाल पर्सा जिल्लाका अध्यक्ष एवं दिक्षा समितिका संयोजक धर्मेन्द्र पटेल, स्वागत समितिका सदस्य एवं सानो पाइलाका कार्यक्रम निर्देशक अजितम पाण्डे, स्वागत समितिका सदस्य एवं हिन्दु परिषद नेपालका केन्द्रिय सदस्य लालबाबु कुर्मी सहित अन्य सदस्य एवं संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

जगतगुुरु शंकराचार्यको तीन दिने बीरगंज कार्यक्रमलाई भब्य अन्य एतिहासिक बनाउन स्वागत मुल समितिका अध्यक्ष अशोक बैद्यले यस भेगका राजनीतिक दलका अगुवा, समाजसेवी, नागरिक समाज, संचारकर्मी, प्रहरी प्रशासन एवं सरोकारवाला संघसंस्थाहरुलाई कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन् ।
Back to top