सेना, प्रहरी लगायत हरेक निकायमा मधेसीको समानुपातिक समावेशी सहभागति गराउन सांसद प्रदीप यादवको माग

1984

वीरगंज, वैशाख ३१ – पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले आगामी आर्थिक वर्षको नीती, कार्यक्रम तथा बजेटमा प्रदेश नम्बर २ का लागि विशेष आर्थिक प्याकेज ल्याउन संघीय सरकारसंग माग गर्नु भएको छ ।

आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथि संघीय संसदमा जारी छलफलका क्रममा आज बोल्दै सांसद यादवले राज्यको मधेश प्रति रहेको विभेदकारी नीति, पूर्वाग्रह र संरचनात्मक विभेदकै कारण प्रदेश २ सबै भन्दा पछाडि परेकाले आगामी बजेटमा यो प्रदेशका लागि विशेष आर्थिक प्याकेज ल्याउन सरकारसंग माग गर्नु भएको हो ।

मधेस समृद्ध नभए सम्म देश नै समृद्ध हुन नसक्ने भन्दै सांसद यादवले प्रदेश २ को विकासका लागि सरकारको विशेष ध्यान पुग्नु पर्नेमा जोड दिनु भयो । मधेसमा बन्द रहेका सरकारी स्वामीत्वका वीरगंज चिनी कारखाना , कृषी औंजार कारखाना, जनकपुर चुरोट कारखाना जस्ता बन्द उद्योगहरु पुर्नसञ्चालनमा ल्याउनने नीति आगामी बजेटमा प्राथमिकताका साथ राखीन पर्ने भन्दै सांसद यादवले पुर्न सन्चालनमा ल्याउन नसक्ने अवस्था भए ती उद्योगहरुलाइ बैकल्पिक उद्योगमा रुपान्तरण गर्न सरकारसंग माग गर्नु भयो ।

प्रस्तावित वीरगंज विश्वविधालय स्थापना गर्न आवश्यक पर्ने नीति तथा आवश्यक पूर्वाधार निर्माणको योजना आगामी नीति तथा कार्यक्रममा समेटनुका साथै पथलैया देखि वीरगंज सम्मको क्षेत्रलाई औपचारिक रुपमा औधोगीक करिडोरको रुपमा घोषणा गरी त्यसको विकासका लागि पूर्वधार तथा आवश्यक नीति कानून बनाउन पनि सांसद प्रदीय यादवले सरकारसंग आग्रह गर्नु भयो ।

आगामी आर्थिक वर्षको बजेटमा बाराको गढीमाई मन्दिर, सिम्रौनगढ क्षेत्र तथा पर्साको ऐतिहासिक गहवा माई मन्दिर, पारसनाथ मन्दिर, भाठा मनिंदर जस्ता ऐतिहासिक, धार्मिक एंव पर्यटकीय स्थलहरुको बिकाश गर्न चाहिने निति तथा बजेट पनि समावेश गर्न माग गर्दै सांसद यादवले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्मानको लागि शहीद पार्क निर्माण, शहीद परिवारको रेखदेख तथा शहीद परिवारको लागि रोजगार तथा सामाजिक सुरक्षा कार्यक्रम, संघिय सरकारको नीति तथा कार्यक्रममा समेटिनु पर्ने बताउनु भयो ।

प्रदेश २ मा अहिले पनि २ लाख बालवालीका विधालयको पहुचबाट बाहिर रहेकाले बेटी पढाउ, बेटी बचाउ जस्ता अभियान थालनी गरेका प्रदेश सरकारको अभियानलाई सार्थक बनाउन संघिय सरकारले बजेट बिनयोजन गर्नु पर्ने भन्दै सांसद यादवले मधेशी युवाहरुलाई नेपाली सेना, प्रहरी लगायत राज्यका हरेक संरचनामा समानुपातिक समावेशी सहभागति गराउन आवश्यक नीति तथा कार्यक्रम समावेश गर्न समेत सुझाब दिनु भयो ।

महिला हिंसा, दहेज प्रथा, वालविवाह, वोक्सी प्रथा, छुवाछुत प्रथा जस्ता कुरीतिले मधेशी समाजलाई गाँजेको भन्दै संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष समेत रहेका सांस यादवले यस्ता कुप्रथाहरु तथा महिला उपर हुने हिंसा रोक्न संघिय सरकारले कडा कानूनी व्यवस्था गर्नुका साथै लक्षित कार्यक्रमहरु अभियानका रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।मधेशका जिल्लामा हरेक वर्ष वर्षा याममा बाढिले जनधनको ठुलो क्षति पुरयाउदै आएको भन्दै सांसद यादवले बाढी नियत्रनका लागि ठोस योजना ल्याउन तथा सुनकोशी कमला डाइभर्सन निर्माणमा संघिय सरकारले तदारुपता देखाउन आवश्यक रहेको बताउनु भयो ।