×

वीरगन्ज २९ बैसाख नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भोलि (आइतबार)का लागि नेपाल बन्दको घोषणा गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रघात गरेको भन्दै उसले भोलि (आइतबार) नेपाल बन्दको घोषणा गरेको हो ।शनिबार विज्ञप्ति जारी गर्दै नेकपाले मोदीको नेपाल भ्रमणका क्रममा ओली सरकारले राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमाथि गरिएको कुठराघातको प्रतिरोध गर्न अनिवार्य रहेकाले वैशाख ३० गतेका लागि नेपाल बन्दको घोषणा गरेको जनाएको छ ।महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केपीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोध स्वरूप नेपाल बन्द गरिएको हो।’

Back to top