×

जनकपुरधाम, वैशाख २८ - प्रदेश नं. २ का मुख्यमन्त्रि मोहम्मद लालबाबु राउत गद्दीले नेपाल सरकारको विभेदकारी नीतिका कराण प्रदेश नं. २ पिछ्डेको बताएका छन् ।

दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वगातमा जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले मधेसी जनता प्रति नेपाल सरकारको विभिदकारी नीतिका कारण प्रदेश नं. २ आर्थक रुपले पिछडिएको बताएका छन् ।

मुख्यमन्त्री लालबाबु रातु गद्दीले प्रदेश नं. २ आर्थिक रुपले अत्यन्तै पिछ्डिएको बताउदै राज्यद्वारा मधेसी जनता प्रति जारि विभेदकारी नीति, पूर्वाग्रह र विदेश्पूर्ण मानसिकताका कारण मधेसको जनता तुलनात्मक रुपले अत्याधिक गरिव, बेरोग्जारी, अभावग्रस्त, सोषित एवं उत्पिडित जीवन बाच्न विसस रहेको भने ।

'मधेस विकासको मामिलामा निकै पछाडी रहेको छ, मुख्यमन्त्री गद्दीले भने, 'विभेदकारी संविधान र प्रादेशिक अधिकारको लागि हाम्रो संघर्ष अहिले पनि जारि छ । हामि हाम्रो देशमा पनि भेदभाव र विवेदपूर्ण उत्पीडित जाति र समुदायको जनताले राज्यको हरेक तह तप्का र निकायमा आफ्नो क्षमता र योज्गताको आधारमा सम्मान रुपले जान सहज अवार मिलोस ।'

मुख्यमन्त्री गद्दीले आफुहरुले कृषि क्रान्तिको माध्यमले प्रदेश नं. २ को कृषिमा परिवर्तन ल्याउन चाहको बताए । उनले प्रदेश नं. २ भएर कयौं नदिहरु बग्ने गरेको तर सबै नदिहरुमा पनिको राम्रो व्यवस्थापन नभएको कारण वर्षा याममा मधेसी जनतालाई बाढि र अन्य समयमा सुख्खाको समस्या झेल्नु परेको बताए ।

उनले आस्थाको केन्द्र मिथिला नगरी जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा विकसित गर्दै हामि भारत र प्रदेश नं. २ विच आर्थिक विकासको साझेदारी बढाउन इच्छा व्यक्त गरे । मुख्यमन्त्री गद्दीले मोदीले आफ्नो तेश्रो नेपाल भ्रमण जनकपुरबाट सुरु गरेकोले धन्यवाद व्यक्त गरेका थिए ।

Back to top