सांसद रौनियार मोदी विच भेटवार्ता

2491

जनकपुरधाम, वैशाख २८ – नेपालको दुई दिने राजकीय भ्रमणका आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले भेटवार्ता गरेका छन् । भ्रमणका क्रममा प्रदेश नम्बर दुईको राजधानी जनकपुर आएका भारतीय प्रधानमन्त्री मोदीसँग सांसद रौनियारले शुक्रबार भेटेका हुन् ।

भेटका अवसरमा भतरतीय प्रधानमन्त्रीसित मधेस र समग्र विकासका विषयमा कुरा भएको सांसद रौनियारले बताए । २ नम्बर प्रदेशका ८ ओटै जिल्लाको सीमाना भारतसित जोडिएकाले यो प्रदेशको विकास र समृद्धिविना भारतको विकास पूर्ण नहुने भन्दै सांसद रौनियारले विकासमा सहयोग र सहकार्यको आग्रह गरेका थिए ।


सो अवसरमा सांसद रौनियारले नेपाल र भारतको आर्थिक, सास्कृतिक, भाषिक र जनस्तरको सम्बन्ध अद्वितीय रहेको उल्लेख गरे । उनले दुई छिमेकी नेपाल र भारतबीच आर्थिक विकास र अपसी सम्बन्ध विस्तारमा जोड दिए । भारतीय प्रधानमन्त्री मोदीले छिमेकको विकास र यसका लागि सहकार्यमा आफूले कुनै कसर बाँकी नराख्ने बताउँदै आएका छन् ।

सो भेटमा सांसद रौनियारले भारतीय प्रधानमन्त्रीसित व्यावसायिक कृषिको विकास, भारतीय सहर रक्सौलको विमानस्थलको शीघ्र सञ्चालन, नेपालमा रेलमार्ग विस्तारजस्ता योजनाको शीघ्र कार्यान्वयन र पूर्णताका लागि आग्रहसमेत गरे । भेटपछि सञ्चारकर्मीहरुसित प्रतिक्रिया दिँदै रौनियारले विकासका लागि आपसी सहकार्यमा भारतीय प्रधानमन्त्री अत्यन्तै सकारात्मक र उत्साहित पाएको बताए ।


SHARE