सांसद यादव र मोदी विच भेटवार्ता, पर्साको समृद्धि बारे छलफल

1794

जनकपुरधाम, वैशाख २८ – पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) प्रदिप यादवले भारतीय प्रधामनात्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गरेका छन् ।

दुई दिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीलाई संसद यादवले प्रधामनात्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा आयोजित कार्यक्रममा स्वगात गरेका हुन् ।

स्वगात पश्चात प्रधानमन्त्री मोदी संग कुराकानी गर्दै सांसद यादवले पर्सा जील्लाको समृद्धि र विकासको बारेमा छलफल गरिएको जनाएका छन् । यादवले प्रधानमन्त्रि मोदीलाई पर्सा जिल्ला र समग्र मधेसलाई नेपाल सरकारले अभेलना गरेको बताउदै यस क्षेत्रको विकासका लागि विशेष कार्यक्रमहरु संचालन गर्न आग्रह समेत गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष समेत रहेका यादवले प्रधानमन्त्रि मोदी संग पर्सा जिल्लाको विकासका लगयात यस क्षेत्रको समृद्धिका लागि अन्य विभिन्न परियोजनाहरु बारेमा समेत छलफल भएको बताए । उनले नरेन्द्र मोदीको यस भ्रमणले मधेस र भारतको सम्बन्धलाई थप मजबुती दिने तर्क गर्दै मोदीलाई पर्साको भ्रमणमा आउने निम्तो समेत दिएको जानकारी गराए ।