×

काठमाडौं बैशाख २३, स्वास्थ्य क्षेत्रमा नसोचेको परिर्वतनको अनुभूति जनतालाई दिने प्रणका साथ अघि बढेकी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल वीर अस्पतालको सरसफाई अभियानमा जुटेकी छन्। स्वास्थ्यमन्त्रालयमा सुर्ती र सुर्ती जन्य पदार्थ लैजान रोक लगाएर स्वास्थ्य क्षेत्रको आमुल परिर्वतनको सुरुवातको संकेत दिएकी राज्यमन्त्री अर्याल आईतबार वीर अस्पतालको शौचालय सरसफाईमा जुटेकी हुन्। उनी आफैले ब्रस समातेर शौचालयको सफाई गर्दै वीरअस्पताल सरसफाई अभियानको सुरुवात गरेकी हुन्। सरकारी अस्पतालमा फोहोर र दुर्गगन्ध धेरै हुने भनी हुदै आएका टिप्पणीलाई गलत सावित गर्दै विरामीले अनुभुति गर्ने गरि सरसफाईको उत्कृष्ट नमुनाको रुपमा परिणत गरिने राज्यमन्त्री अर्यालले बताइन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान विर अस्पतालले आईतबार सुरु गरेको विर अस्पताल सरसफाई अभियानको उद्घाटन गर्दे राज्यमन्त्री अर्यालले अस्पतालको सरसफाई अभियान सम्पन्न नहुने बेला सम्म आफुले पनि सहयोग गर्ने बताइन्। एक साता अघि राजधानीमा आयोजित कार्यक्रमा मन्त्री अर्यालले छ्रिट्टै वीर अस्पतालको सरसफाई अभियान सुरु गर्नुको साथै अस्पताल अगाडिका पसलबाट सुर्ती र सुर्तीजन्य पदार्थ हटाउने उद्घोष गरेकी थिइन्। मन्त्री अर्यालले यो अभियान क्रमैसंग सबै सरकारी अस्पतालमा चलाउने पनि पनि बताएकी छन्।

Back to top