×

वीरगंज, वैशाख २२ - भौतिक पुर्वाधाार तथा यातायात व्यवस्था मन्त्री रघुबिर महासेठले पर्साको पोखरीयमा आज एक कार्यक्रमका बिच सडक नाला निर्माणको शिलान्यास गुर्नभएको छ ।

एक करोडको लागतमा निर्माण हुन लागेको सडकको मन्त्री महासेठले शिलान्यास गर्नुभएको हो । शिलान्यास पश्चात आयोजित कार्यक्रमलाई सोम्बोधन गर्दै मन्त्री महासेठले पर्सा र पोखरीयाको बिकासको लागि सवै दल एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

पर्सा जिल्लाको बिकासको लागि वर्तमान सरकार गम्भिर रहेको बताउदै मन्त्री महासेठले कुनै पनि हालतमा वर्तमान सरकार पछि नहटने जानकारी दिनुभयो । अहिले देशभरी नै सडक,नाला तथा पुल निर्माणका कामहरु युद्ध गतिमा भइरहेको बताउदै अबको पाँच बर्ष भित्र देशमा पुल र सडकको समस्या नरहने ठोकुवा समेत गर्नुभयो ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सांसद राजकुमार गुप्ताले पोखरीयाको बिकास सोचे जस्तो नभएको बताउनु भयो । केन्द्रले पर्सा जिल्ला संग सदैव अन्याय गर्दै आएको बताउदै सांसद गुप्ताले पर्सा जिल्ला र पोखरीयाको बिकासको लागि अब सवै सजग हुनुपर्ने धारणा राख्नुभयो ।

नेता गुप्ताले ठेकेदारहरुको लापरवाहीले गर्दा पर्सा जिल्लाको जनताहरु दुख भोग्नु परेको बताउनुभयो । ठेक्का लिएको ९ बर्ष बितिसक्दा पनि काम नगर्दा पर्सेली जनताहरु दुख भोग्नु परेको बताउनुभयो । एक फरक प्रसंगमा नेता गुप्ताले प्रदेश नं. २ को राजधानी वीरगंजनै उपयुक्त हुने बताउनुभयो ।

वीरगंजलाई राजधानी बनाउन गरिएको आन्दोलन हाललाई स्थगित गरिएको भएपनि छिटै राजधानीको लागि आन्दोलनका कार्यक्रम ल्याउर्ने बताउनुभयो । कार्यक्रमा बिचारी प्रसाद यादव, प्रद्युम्मन चौहान, नेपाली काँग्रेसका नेता एवं पुर्व सांसद रामेश्वर रौनियार, एमालेका नेता बसरुदिन अंसारी, युवा नेता अकलेश साह, उपमेयर सल्मा खातुन लगायतको सहभागिता रहेको थियो । कार्यक्रम पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियारको अध्यक्षताम सम्पन्न भएको थियो ।

Back to top