×

काठमाडौँ, वैशाख २१ - नेपाली काँग्रेसले सिण्डिकेटको विषयमा मुख खोलेको छ । काँग्रेसले शुक्रबार विज्ञप्ति जारी गर्दै यातायात व्यवसायीहरुलाई धरपकड नगरी वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।

व्यवसायीले आफ्नो व्ययसायिक हितका लागि विभिन्न माग राखी गरिएको आन्दोलनमा व्यवसायिक उपर गरिएको धरपकड तत्काल बन्द गर्न उसले सरकारलाई आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न नेपाल सरकार एवम् आन्दोलनरत पक्षलाई नेपाली काँग्रेस हार्दिक अपिल गर्दछ ।

साथै, यातायात बन्द गर्ने कार्यक्रमबाट आम नागरिकमा पर्न गएको असुविधा र कठिनाईप्रति काँग्रेस पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘वार्ताका माध्यमबाट सबै खाले समस्याको समाधान खोज्ने हाम्रो स्थापित परम्परा स्मरण गराउँदै सरकार एवम् आन्दोलनरत व्यवसायी सबैमा गम्भीरताका लागि अपिल गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

Back to top