×

काठमाडौं, वैशाख २० - तराई-मधेस मामिलाका जानकार एवं विश्लेषक तुलानारायण साहसहित इन्जिनियर र व्यवसायीहरुको समूह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ ।

फोरम नेपालको नीति, सिद्धान्त, रणनीति र कार्यदिशालाई स्वीकार र समर्थन गर्दै उनीहरुले फोरम नेपालको पार्टी सदस्यता लिएको बताएका छन् ।

राजधानीमा जारी फोरम नेपालको केन्द्रीय समितिको बैठकमा बिहीबार पार्टी अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई टिका लगाएर पार्टीमा स्वागत गरे ।

जारी केन्द्रीय समिति बैठकलाई केहीबेर स्थगित गरेर सम्पूर्ण केन्द्रीय सदस्यको उपस्थितिमा अध्यक्ष यादवले उनीहरुलाई पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश गर्नेमा मधेशका सप्तरीका तुलानारायण साह, सर्लाहीका इन्जिनियर मनोज वर्मा र धनुषाका देवनाराण यादव, व्यवसायीहरु सिरहाका रुद्रराज डोटेल र रेणु यादव रहेका छन् ।

Back to top