×

बीरगंज १२ बैशाख ।प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साको संयुक्त बैठक बुधवार बीरगंजमा सम्पन्न भएको छ । ब्यवसायीक मर्यादा र श्रमजीवी पत्रकारको पेशागत हितका लागि प्रेस चौतारी नेपाल ,नेपाल प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त गठबन्धनले निर्वाचन जित्न आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ ।तीनै संगठनको तर्फबाट बैठकले दीपेन्द्र चौहानको नेतृत्वमा रहेको संयुक्त प्यानललाई बिजयी गराउनकालागि बिभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । बैठकमा तीनवटै संगठनले केन्द्रमा निर्माण गरेको गठबन्धनलाई कमजोर र बिकृत तुल्याउने कुनै पनि हरकत सह्य नहुने निर्णय गरेको छ । संयुक्त प्यानलको खिलाफमा जाने गतिविधि र र अभिब्यक्ति दिने दुबै संगठनका जो कोही सदस्यहरु कारवाहीको दायरामा आउने बैठकले निर्णय गरेको छ ।बैठकले ब्रोडकास्टिङ एशोशिएसन अफ नेपालका प्रदेश २ का संयोजक आर.सी.यादव माथि भएको कुटपीटको कडा शब्दमा निन्दा गरेको छ । पत्रकारिता पेशा प्रति पश्न खडा गर्ने यसता गतिविधि दुःखदायी भएको बैठकले निर्णय गरेको छ । बैठकमा प्रदेश २ का नेपाल पत्रकार महासंघका उपाध्यक्षका उम्मेदवार के.सी.लामिछाने सदस्यका उम्मेदवार जगत राई अको¥यावका महासचिव गोविन्द देवकोटा,नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य महेश दास , श्याम बन्जारा, शत्रुघन नेपाल, महेशचन्द्र गौतम, अरबिन्द सिँह, निरज पिठाकोठे तिवारी यादब, जितेन्द्र साह, मनोज पटेल, सन्तोष पटेल, सफल खतिवडा, ग्यासु मियाँ, बिजय भण्डारी,बृजलाल पासवान, संजिब मिश्र, पुष्पराज तिमल्सिना, बिनोद परियार, राकेश साह लगायतको सहभागिता रहेको थियो । बैठक अनुप तिवारीको अध्यक्षतामा भएको थियो

Back to top