×

वीरगंज वैसाख १२ - अखिल क्रान्तिकारीको प्रदेश नं. २ को प्रदेश संयोजकको पदमा वीरगंजवासी प्रभाकर गुप्तालाई मनोनित गरिएको छ । मंगलवार काठमाडौँमा बसेको क्रान्तिकारीको केन्द्रिय समितिको बैठकले गुप्तालाई प्रदेश नं. २ को प्रदेश संयोजकमा मनोनित गर्ने निर्णय गरेको हो ।

२०६० साल देखी नेकपा माओवादी केन्द्र पार्टीमा आवद्ध रही निरन्तर रुपले विभिन्न पदमा रही संगठन प्रति आफ्नो जिम्मेवारी वहन गर्दै आइरहेका गुप्ता २०६१ सालमा स्कूल कमीटी अध्यक्ष हुँदै नगर सदस्य, जिल्ला सचिव, राज्य कमिटी सदस्य भई अहिले प्रदेश नं. २ को प्रदेश संयोजक पदमा मनोनित भएका छन् ।

गुप्ताको संगठनमा छवि एकदमै स्वच्छ रहेको छ भने अखिल क्रान्तिकारीको हरेक आन्दोलन र कार्यक्रमहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले आफुलाई अग्र मोर्चाको रूप सर्दै अगाडि बढेका छन ।

विद्यार्थी राजनीतिमा पर्सा जिल्लामा एक हस्तीका रुपमा चिनिने गुप्ता बितेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ठाकुरराम बहुमुखी क्याम्पस बाट सभापतिका उम्मेदवार समेत रहेका थिए । गुप्ता संस्थापक प्यानलको विद्यार्थी नेता हून र उनीलाई प्रदेश नं. २ मा प्रचण्ड निकटको एउटा शक्तिशाली विम्ब मानिन्छ ।

प्रदेश नंबर १,२,३ र ५ प्रभाकर गुप्ताको संगठनमा राम्रो प्रभाव र पकड छ र उनीलाई एक असल विद्यार्थी राजनीतिज्ञको रुपमा चिनिएको छ । बोल्ने भन्दा पनि कार्य गरेर सफलता हासिल गर्नमा विश्वाश राक्ने उनी दुर्गामी सोच भएका व्यक्ति हुन् । काठमाडौँ उपत्यकामा सबैको साझा विद्यार्थी नेताको रूप गुप्ताले आफुलाइ स्थापित गर्न सफल भएका छन् ।

वीरगंजमा विद्यार्थी राजनीतिमा लागेका युवाहरुले गुप्तालाइ आफ्नो अभिभावकको रुपमा लिने गरेका छन् । ठाकुरराम बहुमुखी क्यामपस मात्र नभइ अन्य कुनै पनि शैक्षिक संस्थाका विद्यार्थी अथवा युवाहरुलाई समस्या परेको खण्डमा सहयोग गर्न सधै गुप्ता अगाडि आउने गर्दछन ।

Back to top