×

काठमाडौं, वैशाख ७ – झापाको भद्रपुरका लागि काठमाडौँबाट एकतर्फी जहाजको टिकट ९ हजार रुपैयाँ पर्छ ।

दोहोरो टिकट काट्न पर्‍यो भने १८ हजार रुपैयाँ तिर्नुपर्छ । जहाजबाटै ओहोरदोहोर गरिरहने वीरगंजका लोकराज शर्माले जहाजको टिकट मोवाईल वालेटमार्फत नै खरिद गर्दै आउनुभएको थियो । तर बुधबार विहान झापाका लागि टिकट खरिद गर्न खोज्दा उहाँको मोवाइल वालेटमार्फत टिकट खरिद गर्न सकस भयो । टिकट खरिद गर्नै मिलेन । शर्मा ट्राभल एजेन्सीमै पुगेर टिकट लिन बाध्य हुनुभयो ।

मोवाईल वालेटमार्फत एक पटकमा ५ हजार र दिनमा अधिकतम १० हजार रुपैयाँ मात्रै कारोबार गर्न राष्ट्र बैँकले सीमा तोकेपछि शर्माले यस्तो समस्या ब्यहोर्नु परेको हो । शर्मा जस्तै मोवाईल वालेटमार्फत टिकट खरिद गर्ने तथा अन्य विभिन्न प्रयोजनका लागि कारोबार गर्ने उपभोक्ता राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले मर्कामा परेका छन् ।

यस्तै मोबाइल बैंकिङबाट पनि एक पटकमा भुक्तानी गर्दा ५ हजार रुपैयाँसम्म र अधिकतम दैनिक १० हजार रुपैयाँसम्म मात्रै गर्न पाइने व्यवस्था गरिएको छ । महिनामा ५० हजार रुपैयाँसम्मको सीमा तोकिएको छ ।

सेवा प्रदायकलाई धनी बनाउने खेल

राष्ट्र बैंकले तोकेको सीमाले एक पटकमा ५ हजार रुपैयाँभन्दा बढीको कारोबार गर्नुपर्दा २ पटक रकमान्तर ९ट्रान्जेक्सन० गर्नुपर्ने बाध्यता निम्त्याएको छ । एक पटक रकमान्तर ९ट्रान्जेक्सन० गर्दा कम्तिमा २० देखि ३० रुपैयाँसम्म बैँकलाई शुल्क तिर्नुपर्छ । दुईरदुई पटक रकमान्तर ९ट्रान्जेक्सन० गर्नुपर्दा सेवाग्राहीलाई दोब्बर मर्का पर्छ ।

झापाका लागि एकतर्फी टिकट खरिद गर्न पनि मोवाई वालेट मार्फत अब २ पटकसम्म रकमान्तर ९ट्रान्जेक्सन० गर्नुपर्ने अवस्था आएको छ । राष्ट्र बैंकको सीमा निर्धारणले सेवाग्राही मर्कामा परेका छन् भने सेवाप्रदायक कम्पनीलाई फाइदा पुगेको छ । सेवाग्राहीलाई सुलभ र सहज सेवा उपलब्ध गराउनुपर्नेमा बैंकहरुको नियामक निकायको रुपमा रहेको राष्ट्र बैँकले नै सेवाग्राहीलाई अप्ठ्यारोमा पार्ने काम गरेको छ ।

डिजिटल कारोबार निरुत्साहित पार्न खोजेको आशंका

राष्ट्र बैंकले विभिन्न वालेटमार्फत हुने कारोबारको यसअघि सीमा तोकेको थिएन । यस्तै मोबाइल बैंकिङमार्फत हुने कारोबार पनि केही सहज थियो ।

अहिले आएर राष्ट्र बैंकले सीमा तोकिदिएपछि डिजिटल कारोबारमा आकर्षित हुँदै गएका उपभोक्ता निराश बन्ने अवस्थामा पुगेका छन् ।

राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई बढवा दिनुको साटो कसिलो बनाएर डिजिटल कारोबारलाई निरुत्साहित गर्न खोजेको आशंका उत्पन्न गराएको बैंकर्स अनिल शाहले बताउनुभयो ।

‘विद्युतीय भुक्तानीलाई सहज बनाउनुको साटो कसिलो बनाउँदा यसले उपभोक्ता निरुत्साहित हुने हो कि भन्ने आशंका बढाएको छ’ उहाँले भन्नुभयो । ‘मोबाइल बैंकिङ वा वालेटबाट कारोबार गर्न अधिकतम रकमको सीमा भएपछि त्योभन्दा बढीको कारोबार गर्नुपरेमा नगदकै प्रयोग गर्नुपर्ने बाध्यता आएको छ ।’

व्यापार गर्दा तत्काल २र४ लाख रुपैयाँ ट्रान्सफर गर्नुपरे नपाइने अवस्था आएको छ । बैंकमै पुगेर चेक वा क्यासमार्फत कारोबार गर्नुपर्ने बाध्यता उत्पन्न गराएको पनि शाहले बताउनुभयो । यसले व्यवसाय गर्ने हरुलाई मर्का पारेको छ । अहिलेसम्म मोबाइल बैंकिङ र वालेट कारोबारबाट फ्रड भएका घटना आफूले नसुनेको उहाँले बताउनुभयो ।

‘एउटाले चोरी गर्‍यो होला १ तर एउटाले चोरी ग¥यो भन्दैमा सबैलाई एउटै तराजुमा राखेर कारोबार नै बन्देज लगाउनु उपयुक्त होइन’, शाहले भन्नुभयो, ‘चोरी गर्नेलाई पत्ता लगाएर कारवाही पो गर्नुपर्छ त ।’ भर्खरै डिजिटल कारोबार तर्फ लक्कन लागेको उपभोक्तालाई राष्ट्र बैंकले निर्धारण गरेको सीमाले अंकुश लगाइदिएको छ ।

अकाउण्ट भेरिफाइड गरे कारोबार गर्न सहज

राष्ट्र बैंकले मोबाईल बैंकिङ, वालेट कारोबार लगायत डिजिटल कारोबारमा सीमा निर्धारण गरे पनि आफ्ना अकाउण्ट भेरिफाइ गरे केही बढी कारोबार गर्न उपभोक्ताले सक्ने छन् ।

इसेवाका कस्टमर सपोर्टर कृजनवीर मालाकारले आफ्ना सेवाग्राहीलाई एकाउण्ट भेरिफाइड गरेर कारोबार गर्न आग्रह गर्नुभयो । नागरिकता, तथा आफ्ना व्यक्तिगत विवरण उपलब्ध गराएर इसेवाका ग्राहकले आफ्नो अकाउण्ट भेरिफाइड गर्न सक्ने मालाकारले बताउनुभयो ।

वालेटमार्फत हुने कारोबारलाई राष्ट्र बैंकले एक पटकमा ५ हजार र दैनिक १० हजार रुपैयाँसम्म मात्रै गर्न पाउने सीमा निर्धारण गरेपनि एकाउण्ट भेरिफाइड गरे दैनिक १ लाखसम्म कारोबार गर्न सक्ने उहाँले बताउनुभयो ।

अन्य वालेटका लागि पनि यस्तै भेरिफाइड गरेर सेवा प्रयोग गर्न सक्ने छन् । भेरिफाइड नभएका डिजिटल अकाउण्टका लागि मात्रै राष्ट्र बैंकले कारोबार गर्न कसिलो बनाएको पनि उहाँले बताउनुभयो ।

जोखिम कम हुने दाबी

नेपाल राष्ट्र बैंकले भने यस व्यवस्थाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने दावी गरेको छ । जोखिम कम गर्ने उद्देश्यले विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा तोकिएको बैँकले प्रष्ट पारेको छ ।

भारतमा ‘पे टिएम’ लगायतका वालेटमार्फत हुने कारोबारमा यस्तो सीमा तोकिएको छैन । नेपालमा भने यस्ता वालेटको प्रयोग नयाँ भएकाले अहिले प्राक्टिसका लागि सीमा तोक्नु परेको हो । जोखिम भइहाले पनि सानो अंकको कारोबारमा असर पर्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ । अहिलेको व्यवस्थाको नतिजा हेरेर आगामी दिनमा सीमा घटबढ गराउन सकिने बैंकले जनाएको छ ।

अहिले विश्व प्रविधिमा फड्को मार्दै ‘क्यास लेस’ तर्फ लम्किरहेको अवस्थामा राष्ट्र बैंकले भने अझै पनि क्यास र चेकबाटै कारोबार गर्नुपर्ने बाध्यात्मक अवस्था ल्याएको छ । प्राविधिक जटिलता भए त्यसको समाधन गरी बैंकिङ कारोबार प्रविधि मैत्री बनाउनुपर्नेमा झन कसिलो बनाउँदै जाँदा सेवाग्राहीको समय पनि बर्वाद भइरहेको छ ।

सरकारले समृद्धिका कुरा गरिरहँदा उसैको मातहतको निकाय राष्ट्र बैंक भने प्रविधिको बाधक बन्दै डिजिटल कारोबारलाई निरुत्साहित बनाउन खोज्नुले सेवाग्राही अन्योलमा परेका छन् ।

Back to top