×

वीरगंज, बैसाख ७ - सञ्चारकर्मी राजेन्द्र सिंहले ३३ वर्षको उमेरमा ५० पटक रक्तदान गरेर पुरुषतर्पm कीर्तिमान बनाएका छन् । छोटो समयमा बढी रगत दिने व्यक्तिमा उनले आप्mनो कीर्तिमान बनाएका हुन् ।

१५ वर्षदेखि निरन्तर रक्तदान गर्दै आएका उनले ३३ वर्षको उमेरमा ५० पटक रक्तदान गरेको बताएका छन् । सिंहले पहिलोपटक चितवन र त्यसपछि मकवानपुर एफएममा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गरेका थिए । १५ वर्षको उमेरमा रक्तदान गर्न नपाइने भएकोले उनले उमेर ढाँटेर रक्तदान गरेको बताए ।

रक्तदान गर्न उत्साही भएको र उमेरले बाधा पार्ने भएपछि ढाट्नुपरेको सिंहको भनाइ थियो । सिंह हाल वीरगंजबाट प्रसारित पब्लिक एफएमका सञ्चालक हुन् ।

वीरगंजकै नीता घिरैयाले ५५ वर्षमा १४० पटक रक्तदान गरेर कीर्तिमान कायम गरेकी छन् ।

२०३४ सालदेखि घिरैयाले पनि १५ वर्षको उमेरमा रक्तदान गरेकी हुन् । उनले सयपटक रक्तदान गर्ने महिलामा गिनिज बूक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल पनि भएकी छन् । घिरैया हाल काठमाडौंमा बस्छिन् ।प्रतीक

Back to top