×

वीरगंज, बैसाख ७ - अवैध तरिकाले भारततर्फ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साले २३ कार्टुन स्याउ र ३० किलो मरिच बरामत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अनुसार बुधबार रात कार्यालयबाट खटेको गस्ती टोलिले बेवारिसे अवश्थामा २३ कार्टुन स्याउ बरामद गरेको गरेको पछि आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयलाई बुझाएको छ ।

त्यसैगरी विशेष सूचनाको आधारमा कार्यालयबाट खटेको एक टोलिले बुधबार राति भारत तर्फ भन्सार छली गर्दै अवैध तरिकाले लैजादै गरेको अवस्थामा वीरगंज महानगरपालिका वडा नं. २ छपकैया नौकाटोलाबाट ३० केजी मरिच बरामद गरेको छ ।

प्रहरीले चेकजाँच गर्नेे क्रममा भरियाहरुले बोकेर लगिरहेको अवस्थामा मरिच नियन्त्रणमा लिएको हो । प्रहरी अनुसार प्रहरीलाई देख्नेबितिकै भरियाहरु मरिचको पोका फाली भारत तर्फ फरार भएको जनाएको छ ।

Back to top