×

कलैया, बैसाख ७ - स्थैया तह सञ्चालन तथा योजना व्यवस्थापन बारे बारामा कलैया उपमहानगरपालिकाले अभिमुकिकरण कार्यक्रमको आयोजना गरेको छ ।

स्थानिय तहमा स्थानिय सरकारको लागि तर्जुमा गरिएको ऐन कानुन बारे जानकारी गराउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको कलैया उपमहानगरपालिकाका प्रशासकिय अधिकृत नारायण पाण्डेले बताएका छन ।

स्थानिय तहमा कसरी कार्य गर्ने, योजना छनौट गर्ने आफनो काम कर्तव्य जिम्मेवारी वहन गर्न तथा जनतालाई सुसुचित गर्ने उदेश्यले आयोजना गरिएको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेस राय यादवले बताएका छन ।

विश्व खाध कार्यक्रमको सहयोगमा आयोजना गरिएको कार्यक्रममा कलैया उपमहानगरपालिकाको २७ वटा वडाका सचिव,वडाध्यक्ष, सदस्य लगायतको सहभागिता रहेको सामुदायिक विकास कार्यक्रमका क्षेत्रिय संमयोजक प्रकाश राईले बताए ।

Back to top