×

वीरगंज, बैशाख ६ - ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजलाई दुई नम्बर प्रदेशको पहिलो विश्व विद्यालय बनाउने माग गर्दै अखिल क्रान्तिकारी पर्साका विद्यार्थीहरुले शिक्षा, विज्ञान तथा आपूर्ति मन्त्रि गिरीराजमणी पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् ।

लक्षित बालबालिका भर्ना, अभिभावकत्व ग्रहण र पाठ्य पुस्तक वितरण कार्यक्रममा सहभागी हुन् वीरगंज आएका मन्त्रि पोखरेललाई माओबादी केन्द्र निकट रहेको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज शिवम साह, केन्द्रिय सदस्य इशक कुमार, जुवैर आलम, मेराजुल हवारी लगायतका विद्यार्थी नेताहरुले मन्त्रि पोखरेललाई बिहिबार होटल हिमाल पुगी नेपालकै पुरानो क्याम्पसका रुपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसलाई दुई नम्बर प्रदेशको पहिलो विश्व विद्यालय बनाउने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझे पश्चात मन्त्रि पोखेरल संग कुरा गर्दै विद्यार्थी नेताहरुले देशको आर्थिक भार सम्भाल्दै आएको वीरगंजमा विश्व विद्यालयको धेरै ठुलो आवश्यकता रहेको बताएका थिए । ज्ञापन पत्र बुझ्दै मन्त्रि पोख्रेलले विश्व विद्यालयका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Back to top