उत्तर कोरियासँग वार्ता सफल नभए ट्रम्प बीचमै उठेर हिँड्ने

120

वैशाख ६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता सकारात्मक नभए बीचमै छोड्ने बताएका छन् ।

जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको भेटमा अमेरिकी राष्टपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग आफूले गर्ने शिखर बैठक सफल हुने अपेक्षा गरेको तर वार्ता सकारात्मक नभए आफू बीचमै बैठक छोडेर बाहिरिने बताएका हुन् ।

ट्रम्पले परमाणु निशस्त्र गर्न उत्तर कोरीया सहमत नभएसम्म अधिकतम दबाब दिइरहनुपर्ने समेत बताएको बीबीसीले जनाएको छ ।

पछिल्लो महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रत्याशित रुपमा उत्तर कोरियाले गरेको वार्ता प्रस्ताव स्वीकारेका थिए । यो भन्दा पहिले उत्तर कोरिया र अमेरिकाका राष्ट्रपतिबीच आधिकारिक भेट भएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले जुन महिनामा अथवा त्यो भन्दा पहिले उत्तर कोरियासँग वार्ता हुन सक्ने सम्भावना रहेको बताएका थिए ।

उत्तर कोरियाली नेता किम जोङ उनसँग अमेरिकी राष्ट्रपति ट्रम्पको भेटवार्तालाई लिएर जापानी प्रधानमन्त्री शिन्जो आबेले अमेरिकी राष्ट्रपति ट्रम्पसँग कुराकानी गरेका हुन् ।