×

वीरगंज, बैसाख ५ - महागढिमाई नगरपालिका १ स्थित रहेको गढीमाई महेन्द्र नमुना प्राविधिक विद्यालयमा तालाबन्दी गर्नेलाई महागढीमाई नगरपालिकाले कारवाहीको माग गरेको छ ।

नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा मंगलबार जिल्ला प्रशासन कार्यालय बारामा गएको टोलीले नगरपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न माग गरेका छन ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीलाई निर्णय कार्यान्वयन पत्र बुझाएका थिए । कार्यान्वयन पत्रमा बालबालिकाहरुको पठनपाठन सुचारु रहेको बेलामा अनाधकृत रुपमा अवरोध पु¥याउने कार्य घोर निन्दनीय भएको कार्यान्वयन पत्रमा उल्लेख गरिएको छ ।

पठन पाठन भईरहेको बेला स्थानीय शिवचन्द्र कुशवाहा, रामबाबु प्रसाद यादव, विरेन्द्र प्रसाद चौरसिया, जितेन्द्र प्रसाद गुप्ता, ईमाम हुसेन, रोशन मिया अंसारी, जयमंगल कुशवाहा, शिवनाथ महतो नुनियालाई कारवाही गर्न कार्यान्वय पत्रमा उल्लेख गरिएको छ ।

२०७५ सालको शैक्षिक सत्रको लागि बैशाख २ गते राष्ट्रिय अभियानकै रुपमा नया विद्यार्थी भर्ना चलिरहेको बेलामा विद्यालयमा गई तालाबन्दी गरी उच्छश्रृंखल कार्य गरी विद्यालय क्षेत्रलाई आतंकित पारी शान्ति सुरक्षमा खल्ल पु¥याएकोले त्यस्ता व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्न समेत माग गरिएको छ । साथै विद्यालयमा गरिएको तालाबन्दी अबिलम्ब खुलाई पठनपाठन गर्नको लागि वातावरण मिलाई दिन अनुरोध गरेका छन ।

निर्र्णय कार्यान्वय गर्न पत्र बुझांउदै नगर प्रमुख यादवले स्थानीय प्रहरी प्रशासनले स्थानीय तहले गर्ने गरेको काम कारवाही प्रति अवरोध गरे त्यसको कडा प्रतिकारमा उत्रने समेत चेतावनी दिएका थिए ।

निर्णय कार्यान्वय पत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले विद्यालयमा लगाईएको ताल्चा खुलाउने आश्वासन दिएका थिए । डेलिगेसन टोलीमा नगर उपप्रमुख तारा देवी कानु, प्रमुख प्रशासकिय अधिकृत अमिता बज्राचार्य, अधिकृत जयराम पंजियार, शिक्षा समितिका संयोजक शशिकान्त मिश्र, गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव मोतिलाल कुशवाहा, वडा अध्यक्षद्वय सुदामा साह कानु, उपेन्द्र प्रसाद जैसवाल, कृष्णमुरारी प्रसाद यादव लगायत बोर्ड समितिको सहभागिता रहेको थियो ।

Back to top