×

वीरगंज, बैसाख ४ - नेपालको ठुलो निर्माण कम्पनिमध्ये एक पप्पु कन्सट्रक्सनले आफु बिरुद्ध पछिल्लो समयमा राजनीतिक दुराग्रहले प्रेरित भएर र आर्थिक दोहन गर्ने मनसायले केही संचार माध्यममा गलत समाचारहरु दोह्रिएकोमा हाम्रो गम्भीर ध्यानाकषर्ण भएको भन्दै बिज्ञप्ति जारी गरेको छ ।

काठमाडौंबाट प्रकाशित हुने कान्तिपुर दैनिकले पर्साको बिन्दवासनी गाउँपालिकास्थित नवरंगीया नदीको पुलको तथ्यहीन समाचार सो गलत उदेश्यका साँथ प्रकाशित गरेको उक्त कम्पनीले आरोप लगाएको छ । सोहीबिज्ञप्तिमा ‘‘कान्तिपुरजस्तो प्रतिष्ठाप्राप्त दैनिक पत्रिकाले बैशाख ३ गते सोमवारको अंकमा आधारहीन र नियोजित समाचार प्रकाशित गरेकोमा हामी दुखी भएका छौं ।

पत्रकारिता धर्म अनुसार कसै उपर आरोप लगाउने क्रममा सम्बन्धित पक्षको प्रतिक्रियालाई स्थान दिनुपर्नेमा त्यति समेत पालना नगरेको देख्दा एउटा अग्रिणी संचार संस्थाले पत्रकारिताको कस्तो फोहोर अभ्यास गर्न लागेको भनी चिन्ता समेत लागेको छ ।’’ उल्लेखित बिबरणमा भनेको छ –‘‘साबिकको ठेक्का समायावधी पुलको डिजाइन हेरफेर भएको कारण लम्बिदा त्यसलाई समाचारमा अतिरञ्जित पारिएको छ ।

उक्त पुल वा पुलको स्लेवमा रतिभरी गडबडी नभएकोमा समाचारको शिर्षकमा ‘‘पुल भासिएको’’ उल्लेख गरिएको छ र समाचारको भित्र स्लेव भासिएको भनि लेखिएको छ । पुल माथी चढ्नका लागि पुलभन्दा बाहिर दुबैतिर बनाइने अप्रोच स्लेब को फोटो समाचारमा देखाएर पुल भाँचिएको भन्ने देखाउन खोजिएको छ । जबकी माटोको बनोट अनुसार कुनै पनि पुलको अप्रोच स्लेब टिक्ने वा डाउन हुने कुरा समान्य नै हो । यस कुरालाई स्थानीय स्वार्थ समुहको चढाई बढाईमा गलत ढँगले प्रस्तुत गर्नु खेदजनक हो ।’’

बिज्ञप्तिमा कम्पनीको तर्फबाट राजेश्वर रौनियारले हस्ताक्षर गरिएको छ ।

Back to top