मेयर सरावगीद्वरा थप दुई शहिद पत्नीलाई नियुक्ति प्रदान

191

Share
  •  
  •  
  •  

वीरगंज, बैशाख ३ – वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले शोमबार मधेस आन्दोलनको क्रममा प्रहरीको गोलि लागेर ज्यान गुमाएका शहिद दिनानाथ साह गोढको श्रीमती सोनी देवी साह र शहिद दिपेन्द्र साह तेलीको श्रीमती सिता देवी साहलाई नियुक्ति पत्र प्रदान गर्नु भएको छ ।

वीरगंज महानगरपालिकाको प्रथम नगर परिषदद्वारा मधेस आन्दोलनका शहिद तथा घाइते परिवारलाई उचित व्यवस्थापन गर्न निर्णय अनुसार जिउँदो शहिदको पत्नी साह र तेलीलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।

मधेस आन्दोलनमा प्रहरीको गोलि लागि ज्यान गुमाएका पर्सा झौवागुठि निवासी शहिद दिपेन्द्र साह तेलीको श्रीमती सिता देवी साह तेली र बारा पर्सौनी निवासी शहिद दिनानाथ साह गोढको श्रीमती सोनी देवी साहलाई वीरगंज महानगरपालिका कार्यालयमा सेवा करार अन्तर्गत  वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद रेग्मीले नियुक्त गर्नु भएको छ । शैक्षिक योज्यताको आधारमा साहलाई महानगरपालिकाको नगर प्रहरी र तेलीलाई महानगरपालिका कार्यालयमा कार्यालय सहयोगी पदमा नियुक्त गरिएको हो ।

शहिद दिपेन्द्र साहको मधेस आन्दोलन २०६३ को क्रममा प्रहरीको गोलि लागि वीरगंजको राधेमाईमा मृत्यु भएको थियो भने शहिद दिनानाथ साह गोढको मधेस आन्दोलन २०७२ को क्रममा लक्षुमनवा चोकमा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।

मेयर सरावगीले महानगरपालिका कार्यालयको आफ्नै कार्यकक्षमा एक कार्यक्रम गरी नियुक्ति पत्र प्रदान गर्नु भएको थियो  । नियुक्ति पत्र प्रदान कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुमन श्रेष्ठ, मेयर सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदी, नगर कार्यपालिका सदस्य सुशील साह कानु, संघीय समाजवादी फोरम नेपालका नेता शशि कपुर मियाँ, सुधिर पाण्डे, युवा नेता रंजन मिश्रा लगयातको उपस्थिति रहेको थियो  ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here