अदालतको आदेश पछि खुल्यो सखुवा पर्सौनीको कार्यालय

205

वीरगंज, बैशाख ४ – जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगंजको आदेश पछि पर्सा जिल्लाको सखुवा पर्सौनी गाउँपालिकाको नाम र सेवा केन्द्रको विवादले ठप्प रहेको गाउँपालिका कार्यालयले पुन: सेवा सुरु गरेको छ ।

जनकपुर उच्च अदालत अस्थायी इजालस वीरगंज चिनीमिलको एक नम्बर ईजलासका न्यायाधीश कुमार प्रसाद पोखरेल र लेखनाथ घिमिरेको संयुक्त ईजलासले अन्तरिम आदेश सुनाएको हो ।

गाउँपालिकाका कार्यपालिका सदस्यहरुले नियम मिचेर सेवा केन्द्र सार्ने तथा गाउँपालिकाको नाम परिवर्तन गरेको आरोप लगाउदै गत वर्षको फागुन २४ देखि ठप्प रहेको गाउँपालिका कार्यालय अदालतको आदेस पश्चात सुरु भएको हो । गाउँपालिका अध्यक्ष प्रदिप जयसवालली आफु खुसि गाउँपालिकाको नाम र सेवा केन्द्र परिवर्तन गरेको आरोप लगाउदै स्थानीयहरुले सेवा केन्द्रमा स्थानीयहरुले तालाबन्दी नै गरेका थिए ।

अदालतले अर्को निर्णय नगरे सम्मको गाउँपालिकाको नाम र सेवा केन्द्रको विषयलाई हाल यथावत राखी सेवा केन्द्र पंचगावा बजार अर्थात साविक स्थानवाटनै संचालन गर्ने आदेश दिएको छ ।


SHARE