×

बिरगंज १ बैशाख नयाँ वर्ष २०७५ को अवसरमा वीरगंजमा शुभकामना ¥यली आज निकालिएको छ ।

वीरगंज युथ एकेडेमीले प्रत्येक वर्ष झै यस वर्ष पनि स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित नयाँ वर्षको शुभकामना दिने उद्देश्यले ¥यली निकालेको हो ।

वीरगंज युथ एकेडेमीका अध्यक्ष हेमन्त चौरसियाको नेतृत्वमा वीरगंजको घण्टाघरबाट निकालिएको ¥यली वीरगंजको माईस्थान , आदर्शनगर , विर्ता हुँदै पुन घण्टाघरमा आएर समापन भएको थियो । ¥यलीमा मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा , अखिल नेपाल फुटबल संघका उपाध्यक्ष मेघराज श्रेष्ठ , पुर्व अन्तराष्ट्रिय फुटबल खेलाडी रितु शाक्य , वरीष्ठ फुटबल प्रशिक्षक हरी बहादुर श्रेष्ठ , नेता शिव पटेल , नेकपा एमाले पर्सा संयोजक प्रभु हजरा , समाजसेवी , पर्सा जिल्लाका खेलाडीहरु , खेलकुद प्रशिक्षक ,संचारकर्मी लगायतको उपस्थिती रहेको रहेको थियो ।

Back to top