×

वीरगंंज, २७ चैत्र नेकपा एमालेका नेता पुर्ब सांसद राजकुमार गुप्ताले आज एक बिज्ञप्ती प्रकाशित गर्दै प्रदेश नम्बर २ को प्रदेश सभामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष के. पी शर्मा ओलीलाई संघीयता बिरोधी भनेर आरोप लगाएकोमा गम्भिर आपत्ती जनाउनु भएको छ । उहाँले लोकतान्त्रीक गणतन्त्रको लागि आधा शताब्दी भन्दा बढि अनवरत संघर्ष गरेका प्रधानमन्त्री ओलीलाई परिवर्तन र संघीयता बिरोधी भनेर आरोप लागाउनु राजनीतिक बेइमानी भएको बताउनु भएको छ । नेता गुप्ताले राजपाका नेता समेत रहेका प्रदेश सभा सदस्य मनिस सुमनले प्रधानमन्त्री माथि लगाएको आरोपले अनेक खालको आशंका पैदा भएको समेत बताउनु भएको छ । आफ्नो पार्टीको समेत समर्थनमा बनेको प्रदेश नम्बर २ को सरकारले र राजपाले समेत यस्को बारेमा आफ्नो धारणा बाहिर ल्याउन माग समेत गर्नु हुँदै संघीयताको बिरोध भनेर् आरोप लागउदा नेताहरुको पार्टीबाट निर्बाचित सांसदहरुले समेत भोट हालेर प्रम बनेका ओली यदी संघीयता बिरोधी हो भने किन भोट हालेको हो एक पटक आफनै नेताहरुलाई सोध्न समेत आग्रह गनुर्् भएको छ ।

Back to top