×

बारा २६ चैत बाराको देवताल गाउपालिका वार्ड नम्बर ७ को रमपुर्वा फुलवरिया घाटको झुलंगे पुल शिलन्यास एक कार्यक्रम बिच समपन्न भएको छ । रमपुर्वाघाट झुलंगे पुलको सिलन्यास प्रदेश सरकारको भौतिक पुर्वधार विकास मंत्री जितेन्द्र सोनलले गर्नु भएको छ । सिलन्यास कार्यक्रमलाई समबोधन गर्दै प्रदेश मंत्री सोनलले राज्यको बिभेदको कारण मधेशको विकास हुन नसकेको भन्नु भएको छ । मधेशीले वर्षौ देखी देखेको विकासको सपना अब पुरा गर्ने कार्यको सुरूवात भईसकेकोले कहि वर्ष भित्र मै विकास कार्यले पुर्णता पाउने बताउनु भएको छ । मधेसको अधिकांश सडकको डि पि आर गर्न निर्देशन दिसकेकोले छिटै नै विकास कार्य तिब्रता पाउने बतानु भएको छ । गांउ र सदर मुकाम जोडने सबै सडक तथा ,गांउ -गांउमा सजिलै एमबुलेन्स ,दमकल पुगन सकने अवस्था बनाउन सडक निमार्ण र पुल निर्माण तर्फ मेरो ध्यान रहेको ले यस कार्यको गांउको जनताको सहयोग आवश्यक रहेको बताउनु भएको छ । देवताल गांउ पालिका को मेयर चन्दन सिंहको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा प्रमुख अतिथि माननीय भौतिक पुर्वाधार विकास मंत्री जितेन्द्र सोनल ,बिशिष्ट अतिथि बारा जिल्ला समन्वय समितिको सभापति नवल किसोर सिंह, राजपा के. सदस्य श्याम गुप्ता, डा करमुलाह अंसारी , राजपा बारा अध्यक्ष मण्डलको संयोजक धरमेन्द्र यादब को उपस्थिती रहको थियो । नेपाल सरकार र स्वीजर लैण्ड एम बे सी को सहयोग मा फुलवरीया गांउ र रमपुर्वा गांउ जोडने पसाह नदी मा रु.५७00000 को लागत मा निर्माण हुन लागेको पुल ले दुई गांउ को जनता लाई जोडने अहम भुमिका निर्वाह गर्ने छ ।

Back to top