×

बारा,चैत २५ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं।६ , नगौल गाउँका खड्कभक्त पौडेलले बिगत चार वर्ष देखी सरकारी जागीर छोडेर कृषि अनुसन्धान क्षेत्रमा लागेका छन् । कृषि क्षेत्रमा विशेष गरी अर्गानिक तरकारी खेतीको अभ्यासमा उनी आँफै समाजमा उदाहरणीय बनेका छन् ।

गत विक्रम सम्वत् २०२३ सालमा एस।एल।सी उतिर्ण गरेका उनले भारतको पन्तनगर युनिभर्सिटीबाट कृषि शिक्षामा स्नातक तह पुरा गरी आफ्नों जिवनको आधा आधी समय नेपाल सरकारको सरकारी सेवामा कृषि अनुसन्धानको क्षेत्रमा काम गरे ।

उनका पाँच जना सन्तानहरु मध्ये दुई जना सन्तान मनोज र आकृतीले चार्टर एकाउन्टको अध्ययन् पुरा गर्न लागेका छन् । जेठी छोरी अमृता भने कृषि बिज्ञका रुपमैं सरकारी जागीरे छिन् ।

उनले अहिले चार बिगाह क्षेत्रफलको जग्गामा आँफैले विभिन्न प्रकारका तरकारी लगाएका छन् । उनले बिगत चार वर्ष देखी सरकारी जागीरबाट बिदा लिएर तरकारी खेतीमा लागिरहेका छन् । अहिले तरकारीमा विशेष गरी बिषादी रहित राजमा , टमाटर , आलु खेती र गहुँ , मुसुरोको खेती पनि गरिरहेका उनी जिवातु प्रबिधीबाट रसायनिक मलको उन्मुलन अभियानमा लागेका छन् ।

जिवबाटै जिवको रक्षा गरी जिवातु प्रबिधिबाट खेती गरे रसायनिक मलको आवश्यक्ता नहुँने उनी बताउछन् । जसबाट माटो र मानिसको जिवनको समेत रक्षा हुँने उनको धारणा छ ।

उनले अहिले स्थानीय गाउँ भरीका गाई भैंसीको गोबर र पिसाब खरिद गर्ने गरेका छन् । जिवातु प्रबिधीबाट झोलमोलको प्रयोगले बालीनालीलाई पौष्टिक मात्र प्राप्त हुँने नभई बाली आँफै रोगसँग लड्न सक्ने तथा मानिसको स्वास्थ्य र माटो समेत नबिग्रने उनी बताउछन् ।

सरकारी सेवाको धेरै वर्षको अभ्यासबाट ‘जिवात’ अध्ययनमा निकै सफलता मिलेको बताउँदै उनले स्थानीय स्तरबाटै तरकारी तथा अन्य बालीनालीका बिउ उत्पादन समेत गर्ने गरेका छन् ।

‘अहिले मैंले लगाएको टमाटर मेरै उत्पादनको जात हो , बाराका प्राय सबै ठाउँमा अहिले यही बिउ पुगेको छ ,’ उनले भने– ‘यो बर्ष हाम्रो माटोलाई सुहाउँदो धानको बिउको नयाँ जातको पनि परिक्षणका लागी आँफैले लगाएको छ , सफलता मिल्यो भने अर्को बर्ष सार्वजनिक गर्छु ’।

उनले आफ्नैं अनुसन्धानबाट जिवातु नाम गरेको बाली भिटामिनको समेत एक कम्पनीलाई उत्पादनको जिम्मा दिएका छन् । नेपलिज नेचुरल बायो प्रोडक्ट नामक काठमाण्डौंमा रहेको एक कम्पनीबाट जिवातु नामक बाली भिटामिन अहिले देश भरिका कृषि पसलहरुमा उपलब्ध हुँने गरेको उनी बताउँ छन् । सो भिटामिनको प्रवर्धनबाट उनले कँुनै मुनाफा नलिएपनि देश भरी रसायनिक मलको प्रयोग कम गर्न सके आँफु खुसी हुँने बताउछन् ।

एक सय रुपैयाँमा एक लिटर पाइँने जिवातु भिटामिनसँग झोलमोलको प्रयोग गरी करिब १० कठ्ठा सम्म खेती गर्न सकिने उनी बताउँ छन् । गाई भैंसीको सामान्य मल बाहेक रसायनिक मलको आवश्यक्ता नपर्ने र बालीनालीमा कुँनै पनि प्रकारका हानी नोक्शानी गर्ने किरा नलाग्ने सन्देश उनी आफ्नैं बालीनालीको उदाहरणबाट सबैलाई देखाएका छन् ।

कृषि क्षेत्रमा मुनाफाका लागी भन्दा पनि आर्गेनिक प्रवर्धनका लागी उदाहरणीय बन्न चाहेको उनको भनाई छ । आर्गेनिक तरकारीको उपयोगीता बारे पनि उनले अहिले आफ्नैं खर्चमा स्थानीय सञ्चार माध्यममा जानकारी मुलक सुचना पनि दिने गरेका छन् । स्थानीय स्तरमा आर्गेनिक सम्बन्धी चेतना मुलक कार्यक्रमहरुको आँफैले आयोजना समेत गर्ने गरेका छन् ।

उनले आँफैले उत्पादन गरेको टमाटर बजारमा एक पसलेलाई अन्य टमाटरको मुल्य भन्दा आधा मुल्य पर्ने गरी बिक्री बितरण पनि गर्ने गर्छन् । उनले तरकारी किनेर खाने भन्दा पनि आँफैले उत्पादन गरेर खानु पर्ने सन्देश दिने गरेको सुनाउछन् ।

कृषि क्षेत्रमा रसायनिक मलको प्रयोगले एक दिन कृषि योग्य जमिनहरु मरुभुमिमा परिणत हुँने भयावह अवस्थाबाट नेपालीहरुले बेलैमा बिचार पुर्याउँनु पर्ने आवश्यक देखिन्छ । खरीबोट

Back to top