×

वीरगंज ,चैत्र २२ - पर्सा सखुवाप्रसौनी गाउँपालिका वार्ड नम्बर,५ महुवनमा फरवार्ड,क्म्युनिटी माइक्रो फाइनान्स बितिय सन्स्था लिमिटेड को शाखा कर्यालय महुवनको आयोजनामा र फरवार्ड इलाका कर्यालय बाराको सहयोगमा ग्राहक सदस्यहरुको एक दिने बितिय साक्षरता गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

शाखा कर्यालय महुवनको कर्यालय प्रमुख मनोज कुमार मन्डलको अध्यक्षतामा भएको गोष्ठी कार्यक्रमको प्रमुख अथिती स्थानिय पत्रकार चिरञ्जीवी यादव तथा विशिष्ट अथिती शाखा कर्यालय पोखरियाका कर्यालय प्रमुख रामप्रबेश यादव तथा अथितिमा महुवन प्रहरी चौकिका प्र स नि शसिप्रकाश सहनी रहनु भएका थिए।

यश कार्यक्रममा सन्स्थाको बचत, रेमिटान्स, कर्जा र बीमा सम्बन्धी यस सन्सथाका शाखा कर्यालय पोखरियाका कर्यालय प्रमुख रामप्रबेश यादवले सहभागी सदस्यहरुलाइ जानकारी गराएका थिए भने सन्सथाको उदेश्य र लक्ष्य बारे यश सन्सथाका शाखा कर्यालय महुवनका कर्यालय प्रमुख मनोज कुमार मन्डलले प्रकाश पर्नु भएका थिए।

२०६९ सालमा स्थापना भएको यो सन्स्थाले नेपालको ३५ जिल्लामा १०७ वटा शाखा खोलिआफ्नो कार्य सेवा प्रदन गरिरहेको छ। स्थानिय साधन स्रोतको अधिकतम परिचालन नै ग्रामिण स्तरमा बिपन्न बर्गको आर्थिक तथा समाजिक स्थितिमा सुधार गर्न,नेतृत्वदायी भुमिका निर्वाह गर्न र लघुबित कार्यक्रम मार्फत समाजिक र आर्थिक बिकाश्मा सहयोग पुर्याउन उदेश्यले यो कार्यक्रम गरिएको हो।

शाखा कर्यालय महुवनमा पर्सागढी नगरपालिका, बहुदरमाइ नगरपालिका,सखुवाप्रसौनी गाउँ पालिका र पटेर्वासुगौली गाउँपालिका गरि २६०० जना सदस्यहरु सेवा लिइ रहेका छन। आज भएको गोस्ठी कार्यक्रममा शाखा कर्यालय महुवनका सम्पुर्ण कर्मचारी र यस शाखामा आबध रहेका समुहका अध्यक्ष र उपाध्यक्ष गरि ७० जनाको सहभागिता रहेको थियो।

Back to top