×

वीरगंज, चैत्र२० । जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लामा बढ्दै गएको बलात्कार लगायतका अपराध नियन्त्रण गर्ने उद्देश्यले आजबाट विशेष अभियानको थालनी गरेको छ ।

जिल्लामा पछिल्ला दिनमा बढ्दै गएका अपराधिक घटनाहरू न्यूनिकरण गर्ने उद्देश्यले पर्सा प्रहरीले आज वीरगंजको घण्टाघरमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले बलात्कार लगायतका घटनामा संलग्नहरूलाई कडा कारवाही गर्न माग गरेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहको सभापतित्वमा भएको कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक डा। गणेश रेग्मी, वीरगज स्थित चण्डिप्रसाद गणका कर्नेल सृजन मल्ल, सशस्त्र प्रहरी उपरिक्षक शान्ति कुमार कार्की, प्रहरी नायब निरिक्षकहरू मानबहादुर राई, राजन लिम्बु, पर्साका ट्राफिक प्रहरी प्रमुख सुरेश शाह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वञ्जारा, ग्रिन सिटी तथा सामुदायिक प्रहरी कार्यलयका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

Back to top