खुला दिसा मुक्त अभियानका सम्भावना र चुनौती

652

सरोज चौरसिया

आज एका बिहानै ५:३० बजे देखि पर्सा जिल्लाको साबिक गा.वि.सा. लखनपुर (हाल सखुवा प्रसौनी गाउँपालिका)को एक्डारवा टोलमा एउटा सरसफाइ गस्ती टोलि तैनाथ थियो । हाथमा केहि टर्च लाइट, सिट्टी, पहेलो झण्डा, साउण्ड बक्स र माइक बोकेको त्यस गस्ती टोलीमा थिए त्यस वडाका वडा अध्यक्ष्य, वडा सदस्य, ग्रामिण स्वास्थ्य महिला स्वयम्सेविका, केहि स्थानिय नागरिक समाजका अगुवा, बाल क्लबका भाइबहिनि, स्थानिय युवा र म लगायत विकास नेपाल संस्थाको सरसफाइ प्रजवालकहरु गरि करिब ५० जनाको एउटा ठुलो समुह । गस्ती टोलिले आफ्नो दैनिक कार्यक्रम झैँ आजपनि सम्पूर्ण गाउँ र त्यहा खुल्ला दिसा गर्ने सम्भावित खुल्ला स्थानहरुलाई पहिचान गरि आफुलाई ४ समूहमा विभाजन गर्यो र आफ्नो गस्तीमा हिड्यो । गस्ती टोलिले एका बिहानै खुल्ला दिसा गरेको अवस्थामा फेलापरका व्यक्तिलाई पहिचान गरि व्यक्तिले दिसा गरेको स्थानमै पुगेर सरसफाइका विभिन्न आधारभूत आवस्यकता, यसको महत्व र खुल्लादिसा बाट हुने बेफाइदा बारे स्पट टिगरिङ्ग गर्दछन र खुल्ला दिसा नगरी आफ्नो घर ठाउमा चर्पी बनाउन सामाजिक दबाव सृजना गर्ने प्रयास गर्दछ ।

यसरि गस्ती गर्दा सामाजिक मर्यादाको ख्याल राखी लैंगिक सम्बेदंसिलताको पनि आधारभूतकुराहरुलाई महत्वमा राक्ने गरिएको छ । महिलालाइ महिला गस्ती टोलीको समूहले परामर्श दिने गर्दछन् भने पुरुषलाइ पुरुस सदश्यहरुले । सरसफाई गस्ती टोलीको यो नियमित र दैनिक प्रक्रिया हो । यस प्रक्रियालाई सक्रियरुपमा सधै बिहान र बेलुका खुल्ला दिसा गर्न जाने र बाहिर दिसा व्यक्तिहरुलाइ लक्षित गरि गर्ने गरिन्छ र खुला स्थानमा दिसा गरिरहेका व्यक्तिहरुलाई पहिचान गरि त्यस्तो नगर्न सक्दो दवाब सिर्जना गर्ने प्रयास गरिन्छ । बिहान र बेलुवा गर्ने यस गस्तीको प्रक्रियालाइ मर्निङ्ग र इभिङ्ग फलो अप भन्ने गरिन्छ ।

सरसफाइ अभियानमा व्यवहार परिवर्तन, सचेतना मुलक र सामाजिक परिचालन आदि जस्ता कयौं कार्यक्रमहरु गरिए पनि तराई मधेसको जिल्लाहरुमा प्रसस्त पानी र खुल्ला चौर तथा खेत उपलब्धताका कारण धेरै व्यक्तिहरुलाई सरसफाइ बारे बृहत जानकारी भए पनि चर्पी बनाउन झर्को मान्ने गरेका छन् । त्यसमाथि गाउँघरमा चर्पी आफ्नो लगानी भन्दा पनि सरकारी अनुदानमा निर्माण हुने हो एउटा ठुलो भ्रम र गलत बुझाई समेत हावी रहेको हामीले पाउन सक्छौं । तसर्थ यस गस्ती प्रक्रियालाई पनि मुख्य प्राथमिकतामा राखिने गरेको छ । यस प्रक्रियाले खुल्ला दिसा गर्ने व्यक्तिलाई हदै सम्म लज्जा बोध गराउने र सामाजिक प्रतिष्ठा हनन हुने डर सृजना गरेकोले यो प्रक्रिया प्रभावकारी भएको र यसले गर्दा गाउँ ठाउँवासीहरुले आफ्नै लगानीमा चर्पी निर्माण गरि प्रयोग गर्ने समेत बाध्य बनाएको बताउछन् सरसफाइ गस्ती टोलीका संयोजक एवं विकास नेपाल संस्थाका ग्लोबल सरसफाइ कोष युएन ह्याबीट्याटका फिल्ड संयोजक लक्ष्मन पण्डित ।

वडा अध्यक्ष्य लाल बहादुर प्रसाद यादवका अनुसार विगत एक बर्षमा गर्न नसकिएको कार्य यस सरसफाइ गस्ती टोलिको सहयोगले एक हफ्तामै सफल रुपले ३ सय ७५ घरधुरीहरुमा चर्पी निर्माण भएको छ । उनि भन्छन, “बाहिर दिसा गर्न दिंदैनौ, घरमा चर्पी हुदैन, अनि चर्पी निर्माण गर्नु अन्तिम विकल्पको रुपमा आउछ र समुदायमा धमाधम चर्पी बनाउन सुरु हुन्छ । अनि टोल-टोल र बस्ति-बस्तीमा एउटाको देखासिखी त्यस टोलका अन्य घरधुरीहरुले पनि धमाधम चर्पी निर्माण गर्न थाल्छन र प्रयोगमा समेत ल्याउछन।” सरसफाई गस्ती टोलि परिचालन भएसम्म त कोहि पनि हतपति बाहिर दिसा गर्न जादैनन् र चर्पी पनि निर्माण गर्छन तर खुल्ला दिसा मुक्त घोषण पछि सरसफाइ अभियानकर्ता र सहजीकरण संस्थाहरु त्यस गाउँबाट फर्केर जादा पुन: त्यहाका मानिसहरु बाहिर दिसा गर्ने जाने हो कि भन्ने कुरा वडा अध्यक्ष यादवको चिन्ताको विषय बनेको छ । उनका अनुसार यस सरसफाइ अभियानहरुलाई निरन्तरता दिनको निमित्त र नियमित रुपमा जनचेतना फैलाउन तथा सहजीकरण गर्नका लागि स्थाई रुपमै वडा कार्यालयहरुमा कम्तिमा दुइ वटा सरसफाई प्रजवालकहरु राख्नको आवश्यकता देखिन्छ ।

सरसफाइ गस्ती टोलिकै एक जना महिला सदस्य एवं ग्रामिण महिला स्वस्थ स्वयम्सेविका परवर्ती देवी शर्मा अनुसार खुल्ला दिसा गरिरहेका दिदि बहिनीहरुलाइ चर्पी बनाउनुस भन्न जादा “चुप कर एनजीओ के दलाल, तोरा त पैसा मिलता त घुम-घुम के सिप्टी बनावे के कहतारु, हम्नीके कथि सहयोग मिलता कि सिप्टी बनाइ सन्? (चुपलाग एनजीओको दलाल, तलाई त गस्ती टोलि संग घुमे वापत पैसा पाउछ, खोइ हामीलाई चर्पी निर्माण गर्न आर्थिक सहयोग गरेको?)” भन्ने प्रश्न आउने गरेको छ । उनि एउटा घट्नाको बारेमा बताउदै भन्छिन, एकपटक त् एकजना दिदिले त तश्ला (भात पकाउने भाडो) नै हाम्रो टोलीमाथि प्रहार गरिन र भोलिदेखि गस्तीमा नआउन धम्कि समेत दिईन । त्यस्तै सरसफाइ अभियानमा बिहान बेलुका गस्ती गर्दा ज्यान जोखिम र अशुरक्षाको समस्या पनि उत्तिकै छ । यसै अभियानका एरिया संयोजक एवं विकास नेपालका कर्मचारी जिल्लाजित राउत गद्दी भन्छन, “अभियानको क्रममा घरदैलो एवं गस्ती गर्न जादा समुदायका केहि युवाहरु एवं अभिभावकहरुले अपशब्द समेत प्रयोग गरि चर्पी बनाउन पैसा तेरो बुवाले दिन्छन भन्ने जस्ता शब्द पर्यो गर्दै हामिलाई निरुत्साहित गर्न समेत प्रयास गर्छन र चर्पी बनाउन आउने सरकारी अनुदानहरु आफै झ्वाम पारेको आरोप समेत लगाउने गरेका छन् । उहाँ अनुसार केहि व्यक्तिहरुले त आज भोलि गस्ती गर्न जाँदा ज्यान मार्ने धम्कि समेत दिने गरेका छन् ।

सरसफाई अभियानमा यस्ता धेरै बाधा, अर्चनहरु एवं चुनैतिहरु छन् जसलाई जिल्ला स्तर बाटै समाधान गर्नुपर्छ भन्ने बिकास नेपाल पर्साको ग्लोबल सरसफाइ कोष युएन ह्याबिट्यट कार्यक्रमका कार्यक्रम संयोजक मुकेश पण्डित भन्छन । उनका अनुसार गत बर्षहरुमा साबिकका अधिकांश गा.वि.साहरुले खुल्ला दिसा मुक्त घोषणा गर्नको निमित्त अनुदानमा चर्पी दिने भनेर लाखौ रुपैया छुट्याए र रिङ्ग निर्माण लगायत अन्य निर्माण सामग्री खरिद गरे पनि रिङ्गहरु वितरणमा पारदर्शितको ठुलो समस्या छ र धेरै गाउँहरु यस समस्याले गर्दा खुल्लादिसा मुक्त घोषणानै हुन् सकेका छैनन् । रिङ्ग वितरणमा चरम लापरवाही र भ्रष्टचार समेत भएको उनको बुझाई छ, उनका अनुसार गरिव र दलितले पाउने रिङ्ग र अनुदान पहुँच भएका व्यक्ति तथा राजनीतिक दलका आफन्ता एवं कार्यकर्ताहरुले पाएका छन् । यहि कारणले गर्दा पनि अभियानमा धेरै जस्तो साविकका गाबिसहरुमा ठुलै द्वन्द छ । एउटाले सितैमा पाए, हामीले किन नपाउने? भन्ने खालको हाम्रो समुदायको जिद्ध सोच र अन्तर्द्वन्दको भावानको विचमा अल्झेको छ यो अभियान र हामीलाई यस्तो उल्झनका काम गर्नु पर्ने अवस्था छ ।

आफ्नो गाउँठाउँ खुल्ला दिसा मुक्त घोषणा होस् र गाउँवासीहरुले सभ्य रुपमा आफ्नो परिचय दिन सकुन भन्ने स्वार्थ बोकेका सरसफाइ गस्ती टोलीका सदस्यहरु पूर्ण रुपमा समाजसेवाको भावनाले अभियानमा टेवा पुर्याई रहेका हुन्छन । बिहान र बेलुकाको गस्ती पश्चात दिउँसो घरदैलोमा साबुन पानीले हात धुने प्रदर्शनी, विधालय सरसफाइ आदि जस्ता अति आश्यक क्रियाकलापहरु पनि नियमित रुपमा संचालन हुनेगरेका छन् । सुरुको अवस्थामा साबिकको गाबिस लखनपुरमा कुल ६ सय ६७ घरधुरी मध्ये मात्र ८० घरधुरीमा चर्पीको पहुच थियो भने आजको अवस्थामा ६ सय २५ घरधुरीहरुमा चर्पी निर्माण भई प्रयोग समेत भईरहेको अवस्था छ र बाकि ४२ घरधुरीहरुमा पनि तिब्रताका साथ चर्पी निर्माण कार्य भईरहेको अवस्था छ ।

जिल्लाको सरसफाइको अवस्था बारे विश्लेषण गर्दा पर्सा जिल्लामा ८६ % घरधुरीमा चर्पीको पहुँच रहेको छ र आजको मितिमा साबिकको ६६ गाबिस मध्ये ४२ वटा साबिकको गाविसहरु खुल्ला दिसा मुक्त भईसकेका छन् ।

(लेखक युएन ह्याबीट्याटका पर्सा जिल्ला संयोजक हुन् ।)