×

चिरञ्जीवी यादव,चैत्र ११ पर्सा पर्साको सखुवाप्रसौनी गाउ वार्ड नम्बर,५ महुवन र बलुवा बिच पर्ने बाटोमा बालुवा लोड गरिएको ना १ त ८८३६ नम्बरको ट्रैक्टरलाई ओभरटेक गर्ने क्रममा ना ४० प ३८२४ नम्बरको मोटर साइकलमा ठोकिदा ना ५१ प २७७ नम्बरको मोटरसाइकल सडकमा खस्न बितिकै८३६ नम्बरको ट्रैक्टर मोटरसाइकललाई ठोकिदा मो सा चालक सखुवा प्रसौनी गाउँपालिका,५ महुवन निवासी अकिलेश प्रसाद कलवारको छोरा बर्स अन्दाजी १७ बर्षको रत्न साह कलवार घाइते भएका छन। घाइते कलवारको उपचारको लागि हेल्थ क्येर बिरगंजमा पठाएको प्रहरी चौकी महुवनका प्र स नि लोकनरायण श्रेष्ठले बतए। थप उपचार ना उ क्षे बिरगंजमा उपचारको क्रममा चालक कलवारको मृत्यु भएको जि प्र का पर्साले जनाएको हो।ट्रैक्टर चालक बिन्दबासिनी गाउँपालिका,३ निवासी दिनेश प्रसाद चौरसिया र अर्को मोटरसाइकल चालक परवानिपुर गाउँपालिका,३ लिपनिमाल बाराका अजय प्रसाद यादवलाई प्रहरिले पक्राउ गरि जि प्र का पर्सामा राखी थप अनुशन्धान भै रहेको जि प्र का पर्साले जनाएको हो। ना ४० प ३८२४ नम्बरको मोटरसाइकल चालक यादव निर्दोस रहेको प्रत्यक्षदर्सिले बताएका थिए।

Back to top