×

वीरगंज, १० चैत्र वीरगंजमा चलिरहेको पाँचदिने ‘आधारभुत फोटोग्राफी कार्यशाला’ शनिबार सम्पन्न भएको छ । सृजनशील युवाहरुको समुह संस्कृतिले आयोजना गरेको निशुल्क कार्यशालामा २२ जना युवा तथा युवतिहरुले प्रशिक्षण लिएका छन् ।

समापन कार्यक्रममा पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारले सहभागिहरुलाई प्रमाणपत्र दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका साँसद रौनियारले आजको युगमा तस्विरको धेरै महत्व भएको फोटोग्राफी सम्बन्धि जानकारी दिन आयोजित कार्यशालापछि सहभागिहरुले त्यसको सद्उपयोग गर्ने बिश्वास जनाए ।

कार्यशालामा महिलाको उल्लेखनीय उपस्थिति उत्साहप्रद लागेको उनले बताए । महिलाहरु मुलधार पत्रकारिता पेशामा लाग्न आग्रह समेत उनले गरे । रौनियारले यसक्षेत्रमा चुनैतिसंगै अवसरहरु पनि भएकाले त्यसलाई पहिचान गरी अगाडि बढ्न सक्नु पर्ने बताउदै यस्ता कार्यशालाहरुले मधेसका युवाहरुको क्षमता अभिवृद्धि गर्ने भएको हुनाले निरन्तरताका लागि आयोजक संस्थासंग अनुरोध समेत गरे ।

वीरगंज महानगरपालिका, पप्पु कन्ष्ट्रकसन, कोशिश फाउन्डेसन नेपाल, सिमा इट्टा उद्योग, वीरगंज उधोग वाणिज्य संघ, मोहित ग्रुप नेपाल, कलस मिलक इण्डस्ट्रिज र संघीय प्रेस फोरम पर्सा लगायत संघ–संस्थाहरुको सहयोगमा आयोजना गरिएको फोटोग्राफी कार्यशालामा विभिन्न संचार माध्यमसंग आबद्ध पत्रकार तथा फोटोग्राफी सिक्न इच्छुक ब्यक्तिहरुको सहभागिता रहेका थियो । यसमा ६ महिला थिए ।

कार्यक्रममा नारायणी अञ्चलका प्रहरी बरिष्ठ उपरीक्षक सुर्य उपाध्याय, पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मी, संघीय प्रेस फोरमका सल्लाहकार विजय कुशवाह, प्रेस फोरमका पर्सा जिल्ला अध्यक्ष आर.के पटेल, रितेश त्रिपाठी, विजय चौहान लगायतले कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिंदै भविष्यमा थप यस्ता कार्यक्रमहरु गर्न आग्रह समेत गरेका थिए ।

संस्थाकी अध्यक्ष शैली चौधरीको अध्यक्षतामा समपन्न कार्यक्रमका प्रमुख प्रशिक्षक किशोर शर्माले फोटोग्राफीले पत्रकारितामा प्राण दिने काम गरेकोले सिकेका कुरा व्यवहारमा ल्याउनुपर्ने बताएका थिए । सहजीकरण आशु सर्राफले गरेका थिए ।

 

Back to top