×

वीरगन्ज ९ चैत लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोहका ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार पत्रकार सम्मेलन गरि लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोहका २ जना भारतीय र १ जना नेपाली नागरिकसहित ३ जनालाई पक्राउ गरि सार्बजनिक गरेको हो ।पक्राउ पर्नेहरुमा भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रामगढवा ग्राम पञ्चायत अधकपकरियाका २२ वर्षीय नौसाद आलम, सोही ठाउँ घर भइ हाल बाराको परवानीपुर गाउँपालिका २ रामपुर टोकनी बस्ने २५ वर्षीय अशोक यादव र पर्साको बहुदरमाई नगरपालिका २ सिसयाडीको २१ वर्षीय राजकुमार यादव रहेका छन ।पक्राउ परेका मध्ये नौसाद आलम पेशाले ईन्जिनियर भएको प्रहरीले जनाएको छ ।उनीहरुलाई प्रहरीले गत चैत ७ गते वीरगंज महानगरपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको हो ।बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली उनीहरुलाई रकम झिकीरहेको अवस्थामा पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक डा।गण्ेश रेग्मीले जानकारी दिनु भयो ।प्रहरीले उनीहरुको साथबाट रु १ लाख ४७ हजार ८२२ रुपैयाँ नगद, ३ वटा नेपाली र भारतीय सिमसहितको मोबाईल, फोटो, नागरिकताको प्रतिलिपी, विभिन्न बैंकको एटिएम कार्ड ७ थान, चेक बुक लगायतका सामानहरु बरामद गरेको छ ।उनीहरुले ठगी गर्नको लागि प्रभावमा पारेका ब्यक्तिकै नामबाट बैंकमा खाता खोली उनहिरुबाटै रकम झिक्न लगाउने गर्दथे ।पछिल्लो समय आई एम ई र मनि ट्रान्सफरबाट रकम झिक्दा प्रहरीले धमाधम पक्राउ गर्न थाले पछि ठगहरुले सर्बसाधारणहरुलाई ठगी गर्न नयाँ तरिका अपनाएका छन ।

Back to top