×

बिरगंज ९ चैत्र रिलीफ सोसाइटी अफ कमर्स बिरगंज,इम्पेक्ट नेपाल एवं त्रि. बी.शिक्षण अस्पताल काठमाडौको सयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन भएको छ। रिलीफ सोसाइटीको भवनमा भएको शिबिरमा २४१ जनाको कानको परीक्षण एवं ८६ जनाको शल्यक्रिया भएको थियो। इएनटी सर्जन प्रा.डा. बिमल कुमार सिन्हाको संयोजकत्व एवं गण्डक होस्पिटल बहुवरी बिरगंजको सहयोग सप्पन स्वस्थ्य शिबिरमा ८६ जनाको शल्यक्रिया गण्डक होस्पिटलमा र कानको परीक्षण रिलीफ सोसाइटीको भवनमा भएको थियो। सोसाइटीले बिगत १५ बर्ष देखी सो सेवा दीदै आएको संस्थाका अध्यक्ष अशोक कुमार लाठले बताए। शिबिर २०७४ चैत्र ५ गते बाट शुरू भएको थियो।

Back to top