वीरगन्ज ९ चैत वीरगंज महानगरपालिकाका नगर प्रमुक (मेयर) विजय कुमार सरावगीले जनताको नासो जनतामा फर्काउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ . एतिहासिक धरोहर तथा सार्वजनिक सम्पदा सरक्षण अभियानले छपकैया स्थित रहेको पोखरी पुर्ने काम अभिलम्ब रोक्न माग गर्दै दिईएको ज्ञापन पत्र बुझ्दै मेयर सरावगीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो . मेयर सरावगीले वीरगंज महानगरपालिकामा रहेको सम्पूर्ण ऐलानी जग्गा, पोखरी तथा अन्य सार्वजनिक जग्गाको संरक्षणका लागि महानगरपालिका प्रतिबद्धत रहेको जनाउदै वीरगंजको छपकैया स्थित उक्त पोखरीलाई व्यक्तिगत नामबाट फिर्ता गराउन आवश्यक पहल चलिरहेको जानकारी गराउनु भएको थियो .एतिहासिक धरोहर तथा सार्वजनिक सम्पदा संरक्षण अभियानका संयोजक जफ्फ़र अन्सारी, जगदीश सर्राफ, राजदेव प्रसाद चौरसिया लगायत पदाधिकारीहरुको नेतृत्वमा आएका छपकैया टोलका वासीहरुले मेयर सरावगीलाई ज्ञापन पत्र बुझाएका थिए . वीरगंज महानगरपालिका कार्यालय पुगेको उक्त टोलिले छपकैया स्थित पोखरी पुर्ने काम अभिलम्ब रोक्न माग गर्दै, पर्सा जिल्ला अदालतले चार दिन अगाडी जारी गरेको निषेधाज्ञा लगायत सहित विभिन्न प्रमाण समेत संलग्न गरी ज्ञापन पत्र बुझाएका थिए .हिन्दु तथा मुस्लिमहरुले आ–आफ्नो रितिरिवाज अनुसार विभिन्न धार्मिक कार्यहरु गर्दै आएको छपकैयाको पोखरी प्रमोद विक्रम शाह नामक व्यक्तिले आफ्नो नाउँमा गराएको कित्ता नं. ११० र २१३ को जग्गा फिर्ता गराउन मेयर सरावगी संग ज्ञापन पत्र बुझाउन आएको व्यक्तिहरुले माग गरेका थिए .