×

वीरगंज, चैत्र ८ - वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले आजबाट सुरु भएको सेकेण्डरी एजुकेशन एक्जाम (एसईई) परिक्षाको अनुगमन गर्नुभएको छ ।

मेयर सरावगीले एसएलसीको रुपान्तरित प्रणाली माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको पहिलो दिन वीरगंज महानगरपालिकामा रहेका परिक्षा केन्द्रको व्यवस्थापनको बारेमा बिहिबार पहिलो दिनको परिक्षा निरीक्षण गर्नुभएको हो ।

उहाँले परिक्षा केन्द्रहरुमा पुगी परिक्षा केन्द्र अध्यक्षहरु संग परिक्षा व्यवस्थापनको बारेमा जानकारी समेत लिनुभएको थियो ।

मेयर सरावगीले त्रिजुद्ध माध्यमिक विद्यालय, सिद्दार्थ माध्यमिक विद्यालय, जिएचपी माध्यमिक विद्यालय लगयात वीरगंजका विभिन्न परिक्षा केन्द्रहरुमा अनुगमन गर्नुभयो ।

उहाँलेले एकईई परिक्षा अन्य परिक्षा झै सहज भएको बताउदै परीक्षार्थीहरुलाई उत्साहित रुपमा परिक्षा दिन प्रोत्साहित गर्दै सबैलाई सफलता सहितको शुभकामान समेत दिनुभएको थियो ।
Back to top