×

चिरञ्जीवी यादव,चैत्र ८ पर्सा पर्सको सखुवा प्रसौनी गाउँ पालिका एसतरीय संघर्ष समितीको आयोजनामा श्रीपुर पंचगावाँको बजारमा बृहत विरोध सभा समप्न्न भएको छ। सखुवापरसौनी गाँउपालिकाको सेवा केन्द्र महुवन सार्न खोजने र गापाको नाम पारसनाथ राखन खोजने विषयमा गत फागुन २८ गते गापा अध्यक्ष प्रदीप कुमार जैसवालको गलत निर्णय गरेको बिरुधमा स्थानीयवासी जनप्रतिनिधिहरु द्वारा वृहत् विरोध सभा गरेको थियो।बिरोध सभामा उनको गलत कार्य सैली र गलत निर्यण तत्काल सचियाई, गलत कदम रोकन कार्यक्रमको आयोजना गरी कार्यक्रम मार्फत गापा अध्यक्षलाइ चेतावनी समेतदिएको थियो । सेवाकेन्द्रको नाम र ठाउँ सार्ने षडयन्त्र भएको भन्दै केही जनप्रतिनिधि स्थानीय गाउँ पालिका संघर्ष समिती,वडा ध्यक्षहरु, वडा सदस्यहरु र स्थानियवासीहरुले गाउपालिकाको कार्यलयमा तालावन्दि गरेको आज आठौं दिन पनी स्थानीयहरु आन्दोलित रहेको छन । सघर्स समितिको अध्यक्ष जयराम महतो र सचीव तथा युवा नेता यसवान्त यादव, गापा उपाध्यक्ष फुलमती देवी चौधरी,स्थानीय नेता भुक्देव राय ,अनिरुध पटेल,नागेन्द्र चौधरी,स्थानिय नेता बिहारी राम, रितनरायण चौधरी, लगाएतको विभिन्न पार्टिका प्रतिनिधिहरु,महिला तथा पुरुषहरु, समाजिक अगुव हरु को उपस्थिति रहेको थियो। आन्दोलनकारिहरु सङ बार्ता गरि गाउँ पालिकाको सम्स्याको सामाधान बरे गा पा अध्यक्षले केही सुनवाइ नगरेको स्थानीय नेता चन्द्रीका सहनी ले बताए। हाम्रो मागको सुनवाइ न हुनजेल सम्म गा पा को कुनै काम न गर्ने र आन्दोलनको स्वरुप अझ कडा गर्ने समेत चेतावनी दिएको सघर्स समितिका संयोजक जयराम महतोले बताए।

Back to top