×

वीरगंज ७ चैत नोपल विधुत प्राधिकरण बीरगंज वितरण केन्द्रमा आएको नयाँ हाकिम साहेवको दादागिरी चरण सिमामा पुगेको सेवाग्राहीले गुनासो गरेका छन् । नेपाल विधुत प्राधिकरण वीरगंज वितरण केन्द्र पुग्दा अन्दाजी ४० वर्षिय एक महिला रोईरहेकि थिईन । वीरगंज महानगर वडा नम्बर ३ निवासी शारदा देवि नाम परिवर्तन गरिएको रोएको बारे सोधखोज गर्दा कारण पाईयो कार्यालय प्रमुख मिरेन्द्र कुमार ठाकुरको गालीगलौज र दुरुव्यहार । केहि दिन अघि विधुतका कर्मचारीले उनको घरको लाईन काटेको थियो ।

बक्यौता रहेको रकमको ५० प्रतिशत रकम लिएर काटिएको लाईन जोडाउन आग्रह गर्न कार्यालय पुगेकी उनलाई कर्मचारीले हुँदैन भन्दै फकाईदिए । कर्मचारीले नमानेपछि सोहि कुरा कार्यालय प्रमुखलाई आग्रह गर्न पुग्दा उनले उल्टै गालिगलौज र धक्का सहनुप¥यो । उनले बारबार आग्रह गरेकोले आफुले १० मिनेटसम्म सम्झाउँदा पनि नमानेपछि त्यसो गर्नुपरेको कार्यालय प्रमुख ठाकुरले स्वीकार गरेका छन् ।

सेवाग्राहि महिलाको आग्रह यतिमात्रै रहेछ कि आफुसँग साथमा भएको ५० प्रतिशत रकम बुझेर काटिएको लाईन जडान गर्दिनुस बाँकि रकम पनि चाँडै जोहो गरेर तिर्छु । तर उनले आग्रहको बदलामा दुव्र्यवहार सहनुपरेपछि बाहिर बसेर रोईरहेकी रहिछन् ।

आजसम्म आफुलाई कसैले पनि यस्तो दुव्र्यवहार नगरेको भन्दै रोएर उनले पिडा पोखीरहेकी थिईन । कार्यालय प्रमुखले कुनै सुनुवाई नगरेपछि उनले सय कडा दश को व्याजमा पैसा ऋण गरेर आफ्नो बक्यौता रकम तिरेकी छिन् । उनको लाईन कहिले जडान हुन्छ त्यो विधुतकै कर्मचारी जानुन् । जडान गर्न जाने कर्मचारीको नास्ता खर्च नामको घुस रकम र अरु तिकडमको त कुनै कुरै भएन ।

त्यसो त लाखाँै रुपैयाँ बक्यौता रहेर पनि आराम सँग विधुतको उपभोग गरीरहेका यहाँका ठुला भनिएका सेवाग्राहिको फेहरिस्त पनि लामै छ । तर त्यतातीर कार्यालय प्रमुख ठाकुरको ध्यान जान सकेको छैन ।

सोहि समयमा अर्का एक सेवाग्राहिसँग पनि उनको भनाभन भएर हात हालाहालको स्थिती उत्पन्न भएपछि उनी आफ्नो कार्यकक्ष छोडेर माथिल्लो तलामा बसेका उनि तल भागे र प्रहरीलाई तुरुन्त आउन भन्दै फोन गरे । त्यतिबेलासम्म अन्य सेवाग्राहिले पनि उनलाई घेरीसकेका थिए । उनले फोन गरेको केहि बेरमै प्रहरी पुग्यो र सवैलाई सम्झाई बुझाई गरेर फर्कियो । अचम्म त त्यतिबेला लाग्यो जब उनको दुरुव्यहार बारे कर्मचारीले समेत मुख खोले । उनले सेवाग्राहिलाई मात्रै नभएर कर्मचारीलाई समेत दुव्र्यवहार गर्दै आएका रहेछन् ।

एक साता अघि मात्रै वीरगंज वितरण केन्द्रमा प्रमुख भएर आएका ठाकुरको यस्तो क्रियाकलापका कारण सेवाग्राहिहरु निकै आक्रोशित भएका छन् । संयमता गुमाउने सेवाग्राहिको फेला परेमा उनिमाथि कुटपिटको घटना हुनसक्ने उनकै क्रियाकलापले देखाएको छ । उनले बरु एक महिना मात्रै बस्ने तर वीरगंजका सवैलाई ठिक पारेर जाने भन्दै धम्क्याउने गरेका छन् ।

मुलुकमा संघियताको कार्यान्वयन पछि दुई नम्बर प्रदेशको राजधानी जनकपुरलाई बनाईएपछि वीरगंजमा राजधानीको लागि दुई महिना बढि समयदेखि आन्दोलन चलिरहँदा पुर्वी जिल्ला धनुषाको जनकपुरबाट आएका कार्यालय प्रमुखले वीरगंजवासी र यहाँका कर्मचारीलाई ठिक पार्ने भन्दै गालिगलौज र धक्कामुक्की गरीरहँदा यसलाई संयोग मात्रै भन्न सकिने अवस्था नरहेको सेवाग्राहीहरु वताउँछन् ।

एक जना सेवाग्राहीका अनुुसार हाकिमको यस्तै रवैया रहयो भने जनताहरु आन्दोलनमा उत्र्रिन बाध्य हुनेछन् ।

कार्यालय एक जना कर्मचारीसँग यसवारे सुटुक्क कुरा बुझन खोज्दा सेवाग्राही मात्र नभई नयाँ प्रमुखको कारण कार्यालय भित्रकै कर्मचारीहरु पिडित भइ रहेका छन् । कर्मचारी भित्र नै उनी गुट उपगुट सृजना गरि दिएका छन् । कार्यालयका केहि कर्मचारीहरुलाई आफ्नो प्रभावमा पारी कार्यालयमा घुसखोरी तन्त्रलाई उनले वढावा दिएको नाम नछाप्ने सर्तमा एक कर्मचारीले वताए ।

श्रोत - nepalpostdaily.com

Back to top