×

वीरगंज, ४ चैत राधिका मुभिजले चर्चित भोजपुरी कलाकार खेसारीलाल लगायतको कलाकारहरुले वीरगंजमा कार्यक्रम गर्ने भन्दै लाखौं रकम उठाएर बेपत्ता भएको छ ।

वीरगंजको नारायणी रंगशालामा कार्यक्रम गर्ने भन्दै विभिन्न संघसंस्था र व्यक्तिहरुसँग ३ सय र ५ सय टिकटबापतको रकम उठाएर आयोजक राधिका मुभिज बेपत्ता भएको हो । राधिका मुभिजले कार्यक्रम गराउन नारायणी रंगशाला पनि बूक नगरेको बुझिएको छ ।

यसैबीच राधिका मुभिज द्वारा आजको कार्यक्रममा उपस्थित हुने भोजपुरिया सुपरस्टार खेसारी लाल यादव आफ्नो एक भिडियो संदेश द्वारा बीरगंजमा नआउने सार्वजनिक गरेको छ।

Back to top