×

वीरगन्ज २ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले र माओवादी केन्द्रका मन्त्रीहरु थपेर शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । मन्त्रीहरुको सूचीमा एमालेका प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, जगत विश्वकर्मा, शेरबहादुर तामाङ रहेका छन् भने माओवादी केन्द्रका वर्षमान पुन शक्ति बस्नेत बिना मगर गिरिराजमणि पोखरेल र चक्रपाणी खनाल रहेका छन्।

Back to top