×

वीरगंज, ३० फागुन पुरुषोत्तम लाल सिकारीयाको नाती रामजी कुमारको छोरा आकाश सिकारीयाको चर्तिकलाले वीरगंज तातेको छ । स्व. रामचन्द्र बोहराको छोरा नित बोहरालाई विश्वासमा लिई आकाश शिकारीयाले घरको न घाटको बनाइदिएका छन् । स्व. रामचन्द्र बोहरा जिउँदो हुंदा वीरगंज भन्सारको एउटा प्रतिष्ठित क्लियरि· एजेण्ट थिए । उनी स्वर्गीय भएपछि नित बोहराले वीरगंज भन्सारबाट काम गर्न थाले त्यही बेला मधेश आन्दोलन चर्किए पछि नितको आर्थिक अवस्था बिग्रियो । उनी डिप्रेशनको शिकार भएर वीरगंजका छट्टु मिटर व्याजीहरुसंग ऋण लिएर बर्बाद भए । बचेको बिराटनगरको सम्पति मिटर व्याजवालाहरुसंग जोगाई दिन्छु भनी आकाश सिकारीयाले प्रलोभनमा पारी नित बोहराको आमा सुसीला देवीको नाउँमा बिराटनगर ट्राफिक चौक नजिकै रहेको एक कठ्ठा पाँच धुर जग्गा ९५ लाखको थैली राखी आफ्नो नाउँमा पास गराए । मिटर व्याजवालाहरुसंग तेरो अरु सम्पति जोगाउछु भनी उनीसंग एक करोडको चेक लिनुका साथै थुप्रै कपाली तमसुक गराए । जग्गा पास गर्नुभन्दा अगाडी आकाशले नितसंग म तिमीलाई ५० लाख रुपैया दिन्छु । तिम्रो सम्पूर्ण झमेला मिलाउँछु भनी वाचा गरेको भएतापनि आकाशले जग्गा रजिष्ट्रेशनमा १८ लाख ४५ हजार खर्च भयो । बाकी पैसा तिम्रो जग्गा बैंकमा राखेर लोन निकाल्छु र दिन्छु भने तर दिएनन् । आकाश सिकारीयाको नियत खराब देखेपछि उनीसंगै दिनरात हिड्ने गलत सही सबै कुराका साक्षी रवि रौनियार अहिले आकाशलाई छोडेर नित बोहराको पक्षमा लागेका छन् ।

आकाश सिकारीयाले गरेको यो ठगीको बारेमा पर्साका प्रहरी प्रशासनलाई सम्पूर्ण कुराको जानकारी भएतापनि पिडित नितको पक्षमा कोही छैनन् । आकाश सिकारीयाका पिता रामजी कुमारलाई पनि यहाँका व्यापारीहरु राम्रो मान्दैनन् । एक विधुवा मारवाडीको लगभग ८ कठ्ठा जग्गा यसै गरी रामजीले दम्पच गरेको पुरानो व्यापारीहरु सुनाउने गरेका छन् । रामजीले आफ्नो गर्लफ्रेण्डको छोरीको विवाहमा कृष्णा सिमेन्ट फैक्ट्री बेचेर रु दुई करोड खर्च गरेको देखासिकी गरेर आकाशले पनि एक विवाहित महिलाको प्रेमजालमा फँसेर तिन करोड वर्वाद गरेको देखेर यहाँका व्यापारीहरु दुवैलाई बाप नम्बरी बेटा दश नम्बरी भन्ने गरेका छन् । श्रोत अंकुश

Back to top