×

वीरगंज फागुन २९ - सृजनसिल युवाहरुको समुह संस्कृति र सहारा स्पोर्ट्स वीरगंजले संयुक्त रुपमा पर्सा जिल्लाका ७ वटा विधालयहरुलाई खेलकुद सामग्री वितरण गरेको छ ।

संस्कृतिको टिम लिडर शैली चौधरीको अध्यक्षता तथा सहारा स्पोर्ट्सका संचालक एवं समाजसेवी अशोक कुमार अग्रवालको विशेष उपस्थितिमा आइतवार एक कार्यक्रम विच विश्रामपुर स्थित श्री गोल्डेन अंग्रेजी बोर्डिङ्ग विधालय, श्री लक्ष्मी शिक्षा मन्दिर, श्री बल निकेतन मोडेल अंग्रेजी बोर्डिङ्ग विधालय, महुवन स्थित श्री लक्ष्मी शिक्षा मन्दिर, वीरगंज महानगरपालिका स्थित श्री त्रिभुवन हनुमान माध्यमिक विधालय, श्री त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम उच्च माध्यमिक विधालय र श्री सुन्दर्मल रामकुमार कन्या उच्च माध्यमिक विधालयलाई खेलकुद सामग्री वितरण गरिएको हो ।

वीरगंजको आदर्शनगर स्थित सहारा स्पोर्ट्समा आयोजना भएको कायक्रममा ७ वटै विधालयका प्रधानाध्यापक तथा प्रतिनिधि हरुलाई फुटबल, क्रिकेट सामग्री सेट, लुडो सेट, टेबल टेनिस सेट र रिङलगायतका सामग्रीहरु वितरण गरिएको संस्कृतिका सह संस्थापक आशु सर्राफले जानकारी दिए ।

विद्यार्थीहरुको भौतिक र मानसिक विकासका लागि महत्त्वपूर्ण रहेको खेलखुदका लागि सामग्रीहरु वितरण गर्न पाउदा खुसि व्यक्ति गर्दै सहारा स्पोर्ट्सका संचालक अशोक कुमार अग्रवालले आगामी दिनहरुमा पनि यस्तो अवसर मिले आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गएका थिए । 'सानो सहयोग गर्न पाउँदा धेरै खुसि लागेको छ, आउने दिनेहरुमा पनि यस्ता विधालयहरुलाई हामीले अवस्य सहयोग गर्ने छौं, अग्रवालले भने, 'देशका खेलाडीहरुको विश्व समक्ष राम्रो प्रतुती देखेर खुसि लाग्छ, भविष्यमा हाम्रो गृह जिल्लाबाट पनि त्यस्ता खेलाडिहरु बाहिरा आउँ र हाम्रो जिल्लाको नाम अगाडि बाढाउ भन्ने उदेश्यले हामीले यो सहयोग गरेका हौं ।'

श्री लक्ष्मी शिक्षा मन्दिरका जय प्रकाश कुमारले विधालयलाई खेलकुद सामग्री उपलब्ध गराई दिनु भएकोमा संस्कृति र सहारा स्पोर्ट्सलाई धन्यवाद दिंदै यस्ता यस्ता सहयोगले विद्यार्थीहरुलाई राम्रो गर्न प्रोत्साहन हुने बताएका थिए । कर्यक्रमा संस्कृतिका सर्दुल भट्टराई, प्रतिक्षा विष्ट, अल्का कलवार, हिमांशु बर्नावाल लगयातको उपस्थिति रहेको थियो ।
Back to top