×

वीरगंज,२६ फागुन प्रदेश नम्बर २ का भौतिक योजना तथा पूर्वाधार मन्त्री जितेन्द्र सोनलले सडकको विकास विना प्रदेशको विकास सम्भव नरहेको बताएका छन्। हुलाकी सडक आयोजना र परिक्रमा सडक अन्र्तगत निर्माणधिन विभिन्न सडकको शुक्रबार स्थलगत अनुगमन गर्न महोत्तरी आएका मन्त्री सोनलले सडकको विकास विना प्रदेशको विकासको परिकल्पना समेत गर्न नसकिने बताए।जलेश्वर जनकपुर सडक, जलेश्वर मटिहानी सडक लगायत विभन्न सडकको अनुगमन पश्चात मटिहानी नगरपालिकाको वडा नम्बर ६ र ७ को संयुक्त कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री सोनलले आफु यस २ नम्वर प्रदेशको विकासको लागि पूर्ण प्रतिवद्ध रहेको र यसका लागि सडकको विकास अत्यावश्यक भएको बताए।‘सडकको विकास विना प्रदेशको विकास सम्भव छैन।’ मन्त्री सोनलले भने ‘हामी सबै मिलेर सडक बनाउने कार्यमा सहयोग गर्नुपर्छ।’

Back to top