पर्सा  पटेर्वासुगौली गादीमा प्रतिक्षाल्य समुदघाटन तथा अन्तरक्रिया कार्यक्रम समप्न्न

613

चिरञ्जीवी,यादव फाल्गुन २६ पर्सा  पटेर्वासुगौली गाउँपालिका वडा न २ गादीमा रहेको ईलाका बन कार्यालय,गादी रङ्गपुरको आयोजनामा प्रतिक्षाल्य समुदघाटन तथा अन्तरक्रिया कार्यक्रम समप्न्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि जिल्ला बन कार्यालय पर्सा को प्रमुख राजेशवार मान श्रेष्ठ , ईलाका बन कार्यालय रंगपुरका सहायक बन अधिकृत खुदुरुस मिया,जिल्ला रेडक्रस सोसाइटी पर्साको उपसभापति भगवती चौधरी,गादीका स्थानीय शिक्षक महेन्द्र चौधरी, वडा अध्यक्ष फरमान मिया अंसारी,पर्सा गढी नगरपालिका वडा न. २ का वडा अध्यक्ष बेदमान दाश,स्थानीय समाजिक अगुवा शम्भु महतो,वडा नागरीक मंचका प्रतिनिधीहरु स्थानीय प्रहरी ,महिला लगाएतको सहभागिता रहेको थियो। प्रतिक्षाल्य निर्माण समिति गादी का अध्यक्ष बिरेन्द्र चौधरीको अध्यक्षतामा कार्यक्रम समपन्न भएको थियो। कार्यक्रमममा स्थानीय बासीहरुले स्थानीय स्तरमा बन फडानी,बन डडेलो नियन्त्रण गर्ने बारुणयन्त्रको जरुरी रहेको , काठ को लिलामी बिक्रीवितरण अभिल्भ गर्ने, स्तरमा स्थानीयको आवस्यकता अनुसार काठ दाउराको बिक्रीवितरण नियमानुसार ढिलाई भएको, बन संरक्षण बन डडेलो तस्करी रोक सचेतता मुलक कार्यक्रम संचालन अविलम्ब गर्न स्थानीय ले माङ्ग गरेका छन ,अबैध रूपमा नियम उलंघन गरी प्राकृतिक समपदाँको नोक्सानी रोकन, विघटन रहेका बन ब्यवस्थापन समिती गठन गराउन आवश्यक ,धार्मिक बन, पर्यटकीय क्षेत्रहरू बनाउने आवश्यक रहेको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष हरिनारायण चौधरीले बताउनु भयो । कार्यक्रमको प्रमुख अतिथि डि एफ ओ राजेशवरमान श्रेष्ठले राष्ट्रिय बन संरक्षण गर्नु पर्छ। साथै सिमा जोडिएको जनप्रतिनिधिहरु,बन कर्मी,सशस्त्र प्रहरी,नेपाल प्रहरी लगाएत सरोकारवाला सबैको प्रयासले जंगल संरक्षण गरि तस्करी रोक सकिने बताउनु भयो ।साथै जंगलको अनुगमन निरन्तर गर्ने, प्रतिबद्धता ब्याक्त गर्नु भएको थियो। रुद्राक्षको बिरुवा बिक्षारोपण गरि कार्यक्रम सम्पन्न भएको थियो ।