×

वीरगंज, फागुन २५ - १०८ औं नारि दिवसको अवसरमा सृजनसील युवाहरुको समुह संस्कृति, ओमन स्किल सेन्टर र सानो पाइलाले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यस्थलमा हुने लैङ्गिक दुर्व्यवहार शिर्षकमा भएको अन्तरक्रिया कार्यक्रममा उपस्थित बक्ताहरुले कार्यस्थलमा महिलाहरु संग हुने दुर्व्यवहार, महिलाहरुको राजनीतिमा अवस्था, महिला हिँसा र कार्यस्थल तथा अन्य सरवाजनिक स्थानहरुमा महिला मैत्री वातावरण निर्माण गर्ने विषयहरुमा छलफल भएको थियो ।

हिजो वीरगंज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा संस्कृतिको टिम लिडर शैली चौधरीको अध्यक्षता, पोखरिया नगरपालिकाको नगर उप-प्रमुख सल्मा खातुनको प्रमुख आतिथ्य तथा वीरगंज महानगरपालिकाको नगर उप-प्रमुख शान्ति कार्कीको विशिष्ठ आतिथ्यमा समपन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सल्मा खातुनले महिलाहरु जन्म देखि लैङ्गिक दुर्व्यवहारको सिकार भएको बताउनु भएको थियो । 'महिलाहरुले आफ्नो समस्या व्यक्त गर्न नसकेको कारण महिलाहरु पिडित रहेका छन्, उहाँले भन्नुभयो, 'महिलाहरुलाई बोल्ने मौका मिल्दैन र मिल्यो भने पनि वातावरण नभएको कारण खुला रुपले महिलाहरुले आफ्नो समस्या राख्न सक्दैनन् र पिडित छन् ।'

त्यसैगरी प्रोफेसर तथा महिला अधिकारकर्मी सुष्मा तिवारी द्विवेदीले महिला संग भौतिक मात्रै नभएर सामाजिक, आर्थिक, मानसिक र अन्य कुनै पनि रुपमा पनि गरिने भेदभाव लैङ्गिक दुर्व्यवहार भएको बताउनु भएको थियो । राजनीति र कार्यस्थलमा महिलाहरु अदृश्य ढंगले दुर्व्यवहारको सिकार भएको उहाँले भन्नु भयो र महला मैत्री निर्मित नियमहरु सहि ढंगले प्रस्तुत नभएको कारण पनि महिलाहरु हिँसामा पर्ने परेको उहाँले बताउनु भयो । 'कार्यस्थलमा हुने लैङ्गिक दुर्व्यवहार बिरुद्ध सरकारले कानुन निर्माण गरे पनि महिलाहरुलाई त्यसको जानकारी नभएको कारण त्यसको सदुपयोग हुन् सकेको छैन, 'भन्दै द्विवेदीले प्रश्न गर्नु भयो, 'हामि अध्यापन पेशमा लागेर पनि हामिलाई यसको बारेमा राम्रो जानकारी छैन, ग्रामिण क्षेत्रका महिलाहरुको अवस्था झन् कस्तो होला?'

त्यसैगरी कार्यक्रममा बोल्दै युवा नेता रह्बर अन्सारीले अबको आवस्यकता मातृसाता र पतृसत्ता भन्दा पनि लैङ्गिक रुपले सम्मान सत्ता रहेको बताउनु भएको थियो । एउटा सम्मान समाज निर्माणको लागि सबै मिलेर अगाडि बढ्नु पर्ने आवस्यकता रहेको बताउदै उहाँले यस्ता अन्तरक्रियाहरु महिला दिवसमा मात्र नभएर सामान्य दिनहरुमा पनि आयोजना हुन् जरुरि रहेको बताउनु भएको हियो ।

कार्यक्रममा ओमन स्किल सेन्टरको सदस्य ममता राजकर्णिकार, दर्शना झा, लक्ष्मी दत्त, ब्रज्निता श्रेष्ठ, महिला नेतृ रम्भा मिश्रा, मोनिका सिंह, दुर्गा क्षेत्री, उषा श्रीवास्तव, पत्रकार विजय कुशवाह, रितेश त्रिपाठी, सुरेश बिडारि, राधेश्याम पटेल, राम कुशवाह सामाजिक अभियन्ता प्रकाश थारु, दिलिप कार्की, भरत साह, विक्रम उपाध्याय, सन्दिप पण्डित, संस्कृतिको तर्फबाट अल्का साह, विनित डाल्मिया, सर्दुल भट्टराई, मेराजुल हवारी लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार माधुरी महतोले गर्नु भएको थियो ।

Back to top