सांसद हरिनारायण रौनियारद्वारा सपथग्रहण  मधेसको भेषभूषामा सजिएर मातृभाषामा लिए सपथ 

1922

काठमाण्ढाै  २० फागुन  सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य माननीय हरिनारायण रौनियारले आज संघीय संसदमा सपथ ग्रहण गर्नुभएकोछ । निर्वाचित प्रनिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । माननीय राेनियारले मधेसको भेषभूषामा सजिएर मातृभाषा भोजपुरीमा सपथ लिनु भएको छ । स्थानीय भेषभूषामा सजिएर मातृभाषामा सपथ ग्रहण गर्नुलाई मधेसको पहिचान, अधिकार र समतामूलक विकासको अभियानको रुपमा लिइएको छ । सांसद रौनियार मधेस र मधेसीको अधिकारको पूर्णता र विकासलाई मुख्य चुनावी एजेण्डा बनाएर चुनावमा पर्साको क्षेत्रनम्बर ३ बाट भारी बहुमतले विजयी हुनुभएको थियो । सुरुआतमै आफ्नो पहिचान, भाषा र संस्कृतिलाई महत्व दिनुले मधेस अधिकार र समृद्धिको उद्देश्य सार्थक हुने विश्वास गरिएको छ ।