शंकराचार्यद्धारमा शंकराचार्यको श्रद्धाञ्जलीसभा

563

वीरगञ्ज, १९ फागुन शंकराचार्य जयेन्द्र सरस्वतीको यही फागुन १६ गतेका दिन परमेश्वरमा लीन भएको दुःखद घडीमा नेपाल भारत सहयोग मञ्चले वीरगञ्जको शंकराचार्यद्धारमा श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । शनिबार भएको सो श्रद्धाञ्जलीसभामा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, मन्त्री जितेन्द्र सोनल, सांसद हरिनारायण रौनियार, वीरगञ्जका मेयर विजयकुमार सरावगी, भारतीय महावाणिज्यदूत बीसी प्रधानलगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । नेपाल भारत सहयोग मञ्चका केन्दीइ अध्यक्ष अशोककुमार वैदले शंकाराचार्य जयन्द्र सरस्वतीको जीवनीको संक्षिप्त प्रस्तुतीसहितको श्रद्धाञ्जली मनतब्य वाचन गरेका थिए ।