×

वीरगंज, १३ फागुन जिल्ला प्रहरी कार्यालय, पर्साले होली (फागु पुर्णिमा) लाई मर्यादित र शान्तिपुर्ण मनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख प्रहरी उपरीक्षक डा. गणेश रेग्मीको अधक्ष्यतामा सामुदायिक सेवा केन्द्र मुर्ली, मिनाबजार, ग्रिनसिटी, कुम्हालटोल र छप्कैयाका पदाधिकारी लगायत सामुदायिक प्रहरी सेवा केन्द्रहरूको उपस्थितिमा विभिन्न निर्णय गरेको छ ।

१६ गते बुधवार बिहान ८ बजेको समयमा घण्टाघरमा उपस्थित भई विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरूको सहभागितामा होली पर्वको उपलक्षमा शुभकामना आदान प्रदान गर्ने तथा यस पर्वलाई मर्यादित रूपमा मनाउनको लागि जनचेतना मुलक ¥याली आयोजना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी १५ गते देखि ट्राफिक प्रहरी चेकिङ् गर्ने र मा.प.से. गरी सवारी चलाउनेलाई कानून बमोजिम कारबाई गरी निरूत्साहित गर्ने, पर्वको नममा चन्दा असुली गरेमा कानून बमोजिम कारबाई गरी निरूत्साहित गर्ने,

होली पर्वको शुभकामना तथा सुरक्ष सम्बन्धी जनचेतना मुलक सन्देश, रेडियो,तथा माइकिङ् द्वारा सम्प्रेशन गर्ने, होली पर्वमा अपरिचित व्यक्तीलाई जबरजस्ती रङ् लगाउने, लोला हान्ने, फोहोर पानी, हिलो छ्याप्ने लगायत अवाञ्छिात तथा उच्छृखंल गतिविधी गर्नेलाई कानून बमोजिम कारबाई गर्ने लगायतको निर्णय गरेको जिप्रका, पर्साले जनाएको छ ।

Back to top