आज विश्वासको मत लिन प्रदेश २ का मुख्यमन्त्रीले का‌ंग्रेससँग विश्वासको मत माग्दै

1417

वीरगन्ज १० फागुन संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ब्यक्तिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ । संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा फागुन २ गते मुख्यमन्त्रीको पदमा नियुक्त हुनुभएको हो ।मुख्यमन्त्री राउतले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेसलाई पनि आग्रह गरेका छन् ।उनले राजपा स‌ंसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलसँगै गई का‌ंग्रेस संसदीय दलका नेता रामसरोज यादवसँग विश्वासको मत माग्दै अनुरोध पत्र दिएका छन् ।मुख्यमन्त्री राउतले मन्तव्य राखेपछि अन्य सांसदहरुले पनि धारणा राख्नेछन् । त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले जवाफ दिनेछन् । बैठकमा मुख्यमन्त्रीले जवाफ दिएपछि सभामुखले मतदान आहृवान गर्नेछन् ।मतदानमा आफ्नो पक्षमा ५१ मत वा बढी आएमा लालवावु राउत मुख्यमन्त्री कायम रहनेछन् । पहिलो चरणको मतदानमा पक्ष र विपक्षमा बराबर मत परे सभामुखले निर्णायक मत दिने प्रदेश संसद सचिवालयका उपसचिव यादवले बताए ।प्रदेशसभा २ मा प्रत्यक्ष र समानुपातिक गरी १०७ सांसद रहेका छन् । जसमा मुख्यमन्त्री रहेको दल संघीय समाजवादी फोरमको २९ र राष्ट्रिय जनता पार्टीको २५ सदस्य छन् । दुवै दलको कुल सिट संख्या ५४ रहेको छ । मुख्यमन्त्री नियुक्तिका लागि आवश्यक ५४ मत  यी दुई पार्टीसँगै छ ।त्यस्तै एमालेको २१, कांग्रेसको १९, माओवादी केन्ऽको ११, संघीय समाजवादी पार्टीको १ र १ जना स्वतन्त्र सांसद छन् ।


SHARE