फागुन २० गते सांसदहरुको सपथ ग्रहण,कुनै पनि मातृभाषामा शपथ लिन सकिने

1163

वीरगन्ज ९ फागुन । फागुन २० गते संघीय संसदका सांसदहरुको सपथ ग्रहण हुने भएको छ । फागुन २० गते शपथग्रहण कार्यक्रम तय गरिएको संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । प्रतिनिधिसभाका जेष्ठ सदस्यले सांसदहरुलाई शपथ ग्रहण गराउने व्यवस्था छ । सांसदहरुलाई संसद् सचिवालयले राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्र्रमाणपत्रसहित आउन आग्रह गरेको छ । सचिवालयले प्रतिनिधिसभाका सदस्यहरुलाई फागुन २० गते ४ बजे र राष्ट्रियसभाका लागि ५ बजे समय तोकेको छ । कुनै पनि सांसदले मातृभाषामा शपथ लिन चाहेमा पनि व्यवस्था गरेको सचिवालयले जनाएको छ ।


SHARE